ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नयाँ सरकार निर्माणको समय सिमा आज सकिदैं, देउवा पुन प्रधानमन्त्री बन्ने संभावना

काठमाडौं, वैशाख ३० । राष्ट्रपति विद्या भण्डारीले नयाँ सरकारका निर्माणका लागि दिएको समय सिमा आज सकिदैं छ । संसदलमा केपी ओलीले विश्वासको मत पाउन नसकेपछि नयाँ सरकारको लागि आह्वान गरिएको समय सिमा आज सकिन लागेको हो  ।

नयाँ सरकार गठनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नयाँ प्रधानमन्त्री बन्ने होडमा छन् ।नयाँ सरकार गठनको पक्षमा उभिएका तीन दलसँग कांग्रेस ६१, माओवादी केन्द्र ४९ तथा जसपाको डा. बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षका १६ सांसद देखिएका छन् ।

प्रतिनिधिसभामा कायम रहेको २७१ सदस्यमा बहुमतका लागि १३६ जना सांसदको समर्थन चाहिन्छ । जसपाको पूर्व राजपा खेमाले समर्थन नगरे यो समूहलाई बहुमत पुग्दैन । एमाले भित्रको नेपाल – खनाल समुहलाई कारवाही वा उनीहरुले फ्लोर क्रस गरेमात्र नयाँ सरकार बन्ने देखिन्छ । उक्त समुह निर्वाचनका लागि तालमेल गर्ने गरी काँग्रेससंग सहकार्य गर्न तयार हुने देखिएको छ । यसले गर्दाँ ओलीलाई विस्थापन गर्दैं शेरबहादुर देउवा प्रधानमन्त्री संभावना बढेको हो ।

२८ जनाले राजिनामा दिए संसदको सदस्य सङ्ख्या २सय ४३ हुन्छ । जसमा कांग्रेस, माओवादी केन्द्र, र जसपाको यादव-भट्टराई समुहको सामान्य बहुमत पुग्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *