ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

जेठ २ गतेबाट दोश्रो डोज खोप लगाइने

काठमाडौं ,वैशाख २९ । चैत २५ गते देखि वैशाख १५ गतेसम्म भरोसेल खोप लगाएकाहरुलाइ आउदो जेठ २ गतेदेखि ११ गतेसम्म दोस्रो डोज खोप लगाइदै छ । खोप अभियानमा १८ देखि ५९ उमेरकालाई समावेश गरिएको थियो ।

स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालय काठमाडौंले यसका लागि खोप लगाइने स्थानीय तहको नाम समेत सार्वजनिक गरिसकेको छ ।भने स्वास्थ मन्त्रालयले आज सूचना जारी गरी कुन कुन गते कहाँ कहाँ लगाउने ठाउँ र दिन समेत तोकदिएको छ । खोप लगाउन जानेले अघिल्लो पटक खोप लगाएको कार्ड अनिवार्य रुपमा लग्नु पर्ने छ ।

मन्त्रालयले तोकिएको खोप केन्द्रमा बिहान १० बजेदेखि ४ बजेसम्म खोप लगाइने छ । दोस्रो चरणको खोप अभियान काठमाडौं महानगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरी नगरपालिका, नागार्जुन नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका, बूढानीलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका, शंखरापुर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाभित्र सञ्चालन गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *