ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अक्सिजन सकिदा ५ जनाको मृत्यु

काठमाडौं ,वैशाख २९ । बुटवलस्थित कोरोना विशेष अस्पतालको आइसियुमा उपचारत बिरामी अक्सिजन सकिएपछि ५ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा १ महिला र ४ पुरुष रहेका छन् ।

अक्सिजन नआए अस्पतालमा रहेका अरु बिरामी पनि जोखिममा रहेका छन् ।

यसअघि पटकपटक जानकारी गराउँदै आइसियु र एचडीयुमा जसोतसो व्यवस्थापन गरिए पनि अहिले स्थिति नियन्त्रण बाहिर गएकोले यस्तो घटना घटेको हो ।

देशका अन्य अस्पतालहरुमा पनि अक्सिजनको हाहाकार भइरहेको छ भने अस्पतालहरुले बिरामी भर्ना लिन छाडिसकेका छन् ।त्यसले गर्दा बिरामीहरु मर्कामा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *