ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नक्कली अक्सिमिटरको कालोबजारी गर्ने पक्राउ

काठमाडौं वैशाख २९ । नक्कली अक्सिमिटरको कालोबजारी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखा, मिनभवनबाट खटिएको प्रहरी टोलीले उत्पादन मिति, म्याद समाप्त मिति, खरिद बिक्रि मुल्य, उत्पादक कम्पनीको नाम लगायत केहि पनि उल्लेख नभएको कमसल, गुणस्तरहीन र कम मुल्यको जम्मा ७६५ थान नक्कली अक्सिमिटर सहित कालोबजारी गर्नेलाई प्रहरीले पक्राउ गरेको जानाएको छ ।

पक्राउ पर्नेमा
१. जिल्ला सिन्धुली कमलामाई न.पा.वडा नं.-४ स्थायी घर भई हाल जिल्ला काठमाण्डौं का.म.न.पा वडा नं १४ बल्खु बस्ने बायोप्लस फर्मा कुलेश्वरका सञ्चालक बर्ष २९ को शिखर श्रेष्ठ ।

२. जिल्ला बाजुरा खप्तड गा.पा. वडा नं ६ घर भई हाल जिल्ला ललितपुर, ललितपुर म.न.पा.वडा नं. ५ कुपण्डोल बस्ने बर्ष २१ को थुमराज उपाध्याय ।

३. जिल्ला स्याङ्जा पंचमुल गा.पा.-०६ घर भई हाल जि.ललितपुर, ल.म.न.पा. १४ ग्वार्को बस्ने नानोटेक फर्मा थापाथलीका सञ्चालक बर्ष २७ को शेषकान्त अधिकारी ।

४. जिल्ला सुनसरी ईनरुवा न.पा. वडा नं. ६ घर भई हाल का.जि. भिमसेनगोला बस्ने चिरायु केडी ग्रुप प्रा.लि. मा काम गर्ने बर्ष ३९ को पुष्कर घिमिरे ।

५. जिल्ला मोरङ बिराटनगर म.न.पा. वडा नं. २ घर भई हाल का.जि.अनामनगर बस्ने आहा इन्डस्ट्रियल कम्पनी प्रा.लि मा कार्यरत बर्ष ४४ को बिशाल आचार्य ।

६. जिल्ला सिन्धुपाल्चोक सुनकोशी गा.पा. वडा नं. ६ घर भई हाल का.जि. बागबजार बस्ने बर्ष २१ को सन्तोष भण्डारी ।

७. भारत राजस्थान झुन्झुनु घर भई हाल का.जि. ढुङ्गेअड्डा बस्ने बर्ष ५५ को जगदिश प्रसाद रानासरिया ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *