ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

गण्डकीमा फेरि गुरुङ नै मुख्यमन्त्री

पोखरा वैशाख २९ । गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका दुई प्रदेशसभा सदस्यले तटस्थ बस्ने भएपछि पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्री बन्ने संभावना बढेको छ ।

नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र पोखरेलले मुख्यमन्त्रीमा दावी पेश गरेको केहीबेरमै राष्ट्रिय जनमोर्चाका ३ मध्ये २ सांसदले आफूहरु कुनै गठबन्धनमा नरहेको दावी गरेसंगै सत्ता समीकरण नयाँ मोडमा पुगेको छ ।

सांसद पोखरेलले नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ सांसदको आफूलाई समर्थन रहेको जुन ६० सदस्यीय प्रदेशसभाको बहुमत रहेको दावी गरेका थिए l
तर सांसदहरु कृष्ण थापा र खिमबिक्रम शाहीले आफूहरु कुनै पनि गठबन्धनमा नरहेको र सरकार निर्माणका विषयमा तटस्थ रहेको उल्लेख गरेसंगै उनले बहुमत पुर्याउने संभावना कम्जोर बनेको हो ।

६० संसद सदस्य रहेकोमा पोखरेलको पक्षमा २९ सांसदमात्र पुग्ने भएको हो ।संविधानको धारा १६८(२) अनुसार कुनै सांसदले आफ्नो पक्षमा प्रदेशसभाको बहुमत पुर्‍याउन नसकेमा धारा १६८ (३) अनुसार प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ ।

राजिनामा दिएर काम चलाउन बनेका पृथ्वी सुब्बा पुन ठूलो दलको हैसियतमा बहुमत प्राप्त गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *