ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

के होला ४ बजे पछी भैरहवाको अवस्था ? अस्पतालले भन्यो ४ बजेपछि उपचार गर्न सक्दैनौ

रुपन्देही,बैशाख २९। युनिभर्सल मेडिकल कलेज भैरहवाले आज ४ बजेपछि अक्सिजनसहितका उपचार सेवा दिन नसक्ने निर्णय गरेको छ ।

बिरामीहरूका लागि अतिआवश्यक रहेको अक्सिजन आपूर्ति नभएको भन्दै वैशाख २९ गते दिउँसो ३ देखि ४ बजेसम्म मात्र अक्सिजन रहेकाले त्यसपछिको उपचार सेवा दिन नसकिने भन्दै अस्पतालले सूचना जारी गरो छ ।

अस्पताललाई आवश्यक पर्ने अक्सिजन माग गर्दा पनि कहीँकतैबाट सुनुवाइ नभएपछि अस्पतालले विज्ञप्ति जारी गर्ददैनिक सात सयभन्दा बढी सिलिन्डर माग रहेको अस्पतालमा जिल्लामा रहेका तीनवटै अक्सिजन प्लान्ट र अन्य जिल्लाहरूबाट समेत अक्सिजन आपूर्तिमा कठिनाइ भएको भन्दै उपचारत बिरामी पक्षले आ–आफ्नो व्यवस्थापन गर्न अनुरोध गरेको छ ।

अक्सिजन अभावमा हुन सक्ने भवितव्यलाई मध्यनजर गर्दै आफ्ना बिरामीहरूलाई व्यवस्थित गर्न अस्पताल प्रशासनले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *