ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपाल उद्योग वाणिज्य महासंघले कोभिड १९ सहायता केन्द्र आपत पर्यौ यहाँ सम्पर्क गर्नुहोस

काठमाडौं,बैशाख २९ । नेपाल उद्योग वाणिज्य महासंघले कोभिड १९ सहायता केन्द्र सुरु गरेको छ ।

महासंघका पदाधिकारी र सम्वद्ध अधिकारीको बैठकले उक्त सहायता केन्द्र स्थापना गर्ने निर्णयसंगै कोभिड १९ सहायता केन्द्रलाई प्रभावकारी रूपमा अगाडि बढाउन जिम्मेवारी बाँडफाँट समेत गरिएको महासंले जर्नाको निर्णय गरेको हो ।

सहायता केन्द्रबाट सेवा लिन महासंघ सचिवालयका सम्पर्क अधिकृतद्धय हरि पौड्याल (९८०१०९६८१२) र रिंकु घिमिरे (९८०११९२५९१) लाई टेलिफोन वा एसएमएस मार्फत सम्पर्क गरि आफूलाई आवश्यक सेवा टिपाउन सकिने छ ।

सदस्यहरूले महासंघका सदस्य, उद्यमी व्यवसायी एवं सर्वसाधारणको माग अनुसार सेवा प्रवाह गर्न सहजीकरण र समन्वयका लागि सम्बन्धित निकायसंग पहल गर्नेछ । उक्त केन्द्रको समन्वय महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गर्ने भएका छन् ।

समस्यामा परेका, कोरोना उपचारमा सहजीकरण र समन्वय खोजीरहेका निकै धेरै मानिसलाई स्वास्थ्य सहायता केन्द्रका तर्फबाट निरन्तर सहयोग एवं समन्वय हुने महासंघको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *