ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज वैशाख २९ गते बुधबार तपाईको राशिफल

आज मिति २०७८ साल बैशाख २९ गते बुधबार तदनुसार सन २०२१ मे महिनाको १२ तारिख, बैशाख शुक्लपक्ष, वसन्त रितु, उत्तरायण सुर्य, कृतिका नक्षत्र, प्रतिप्रदा तिथी, शोभन योग, किष्तुध्न करण, आज चन्द«मा वृष राशीमा रहनेछ, आज सूर्योदय बिहान ५ बजेर १९ मिनेटमा भयो भने सूर्यास्त बेलुकी ६ बजेर ४३ मिनेटमा हुनेछ । विशेष कार्यहरु शुरु गर्नको लागि आजको शुभ समय बिहानको १० बजेर २० मिनेटबाट ११ बजेर ५९ मिनेटसम्म रहनेछ  । आजको राहूकाल दिउँसोको १२ बजेदेखि १ बजेर ४१ मिनेटसम्म रहनेछ

मेष राशी

दिन अनूकूल नरहन सक्छ । कुनै कुराले मन दुख्ने स्थिति बन्न सक्छ । शारिरिक पीडा, व्यर्थको श्रम, अनावश्यक खर्च, कार्यमा बाधा, सोचेको काम नबन्ने वा झंझट बेहोर्नु पर्ने, आफन्त बन्धु बान्धव बिच वैमनस्यता बढने, पारिवारिक तथा दाम्पन्य सुखमा कमि आउने योग छ । प्रेम सम्बन्धमा समस्या आउन सक्ने, अचानक अपमान हुने अथवा विवादले उग्र रुप लिने अवस्था नबन्ला भन्न सकिँदैन, शत्रु वृद्धि हुने, मित्रसँग विवाद हुने वा मित्रले धोका दिन सक्ने सम्भावना भएकोले सचेत रहनु पर्नेछ, खानपान नमिलेर स्वास्थ्यमा गडबडी आउन सक्छ । कसै कसैलाई ज्वरो, रक्तस्राव,पेट तथा सो भन्दा मुनिको भागमा पीडा हुने सम्भावना पनि छ । लगानीलाई समय प्रतिकूल छ, व्यापार व्यवसायमा बाधा छ । कसै कसैलाई ऋण लिनु पर्ने अवस्था समेत आउन सक्छ । कतैबाट पैसा लिनु वा आउनु छ भने निकै प्रयास गर्नु पर्नेछ। आफनो वा अरुको लागि अस्पताल पनि जानु पर्ने हुन सक्छ ।

वृष राशी

दिन राम्रो छ । जोश जाँगर बढने , मनमा सकारात्मक विचार राखी कार्यलाई अगाडि बढाउनु भएमा भाग्यले साथ दिनेछ । उत्साहले मनोबल बढनेछ । स्वास्थ्य लाभ तथा मान सम्मान प्राप्ति । कार्यमा सफलता । कतैबाट उपहार, वस्त्र लाभ वा नसोचेको वस्तु प्राप्त हुने । दिमागमा राम्रा विचारहरु आउने । उत्तम तथा परिकारजन्य भोजन प्राप्त हुने । गुरु कृपा, मित्र तथा बन्धुहरुबाट सुख पाइने, शत्रबाधा हटने, सन्तानपक्षबाट सुख पाइने योग छ । अविवाहितहरु हुनुहुन्छ भने विवाहको कुरा चलाउने शुभ दिन छ, व्यापार व्यवसायमा केही नयाँ हुने परिवर्तन हुने सम्भावना छ, रोग र ऋणबाट मुक्ति मिल्ने सम्भावना छ । विद्यार्थीवर्गलाई समय राम्रो छ । प्रेम प्रसंग तथा दाम्पत्य सुखको  लागि दिन शुभ रहनेछ ।

मिथुन राशी

दिन आज अनुकुल नहुन सक्छ । धन अथवा मानसम्मानमा हानी हुने, शारिरिक कष्ट, शिथिलता वा आलस्यपनले सताउने, जोेश जाँगर र आत्मविश्वासमा कमी आउने । खर्चमा वृद्धि , मानसिक अशान्ति र छटपटि बढने । परिवारमा असमझदारी बढने अथवा सन्तानपक्षबाट सहयोग नपाइने, एलर्जी तथा संक्रामक रोगहरुबाट जोगीनु पर्ने देखिएको छ । अरुको लागि अस्पतालमा जानु पर्ने अवस्था पनि नआउला भन्न सकिन्न, अल्छी लाग्ने, राति निद्रा नलाग्ने समस्या वा आँखा सम्बन्धि समस्याबाट जोगिनु पर्नेछ  भने सोसल मिडियामा  व्यस्त भइ राति ढिलो सुत्ने बानी छ भने हटाउनु होला । व्यापार व्यवसायमा ऋण लिनु पन अवस्था बन्न सक्छ । कसै कसैलाई  विवाद, कानुनी लफडा, मानहानी अथवा दुर्घटनाको योग बनेकोले सचेत रहनु पर्नेछ ।

कर्कट राशी

दिन लाभदायी रहनेछ । आर्थिक सम्बन्धि शुभ समाचारहरु आउन सक्छन् ।। संचित धनमा वृद्धिको योग बन्न सक्छ । शरिरमा सकारात्मक उर्जाको संचार हुने, रिस गर्नेहरु हटने छन् । मित्र भेटको सम्भावना वा मित्र बाट फाइदा प्राप्त हुने सम्भावना छ । उत्तम वस्त्र तथा भोजन प्राप्ति को साथै भोग विलासमा र रमाइलोमा रुचि जाग्नेछ । सन्तानको लागि खर्च हुन सक्छ । आय स्रोतको नयाँ बाटो खोज्नु पर्ने हुन सक्छ,। पहिलेदेखि गरिरहेको तर अडकिएका कार्यहरुले गति लिनेछन । पद, मान सम्मान मा बृद्धि, गरेका कार्यको उपलब्धि प्राप्त हुने । टोल, समाज, समुदाय वा सार्वजनिक हितको लागि समय खर्चिर्नु पर्ने ।  अरुलाई अहिले सापट नदिनु होला । प्रेमि तथा विद्यार्थीहरुको लागि भने दिन शुभ रहन सक्छ । पेट सम्बन्धि समस्याले वा नशा सम्बन्धि समस्यालाइ बेवास्ता नगर्नु होला ।

सिंह राशी

दिन शुभ रहनेछ । चिताएको पुग्ने वा अभिष्ट कार्य सिद्धि हुने । सबै कामहरु सरलताका साथ सम्पन्न हुनेछन । रोजगार, नोकरी वा व्यवसायको क्षेत्रमा परिवर्तनको समय चल्न सक्छ । नयाँ कार्यको शूरुवात हुने वा एक भन्दा बढी क्षेत्रमा हात हाल्नु पर्ने अवस्था पनि नआउला भन्न सकिन्न,  कर्म क्षेत्रमा मानसम्मान, किर्ति प्रशंसा पनि प्राप्त हुन सक्छ । तँपाइको खुबिले कार्य क्षेत्रमा संलग्न व्यक्तिहरु खुशी हुने वा रिमिmने अवस्था बन्न सक्छ । अडकिएको धन वा कार्य सम्बन्धि शुभ समाचार आउने, आफुले मान्नु पर्ने अथवा बाहिरका व्यक्तिहरुको सहयोग प्राप्त हुने र काम बन्ने योग छ । विद्यार्थिहरुको लागि समय राम्रो छ । अनलाइन परिक्षा प्रतियोगितामा गरिएको प्रयासले खुशी दिनेछ ।। सन्तान पक्षबाट भने अलि चिन्तित हुनु पनें समय छ । परिवारमा कोही बृद्ध उमेरको हुनुहुन्छ भने वहाँको स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ । घुँडाको समस्या छ भने बेवास्ता नगर्नु होला। 

कन्या राशी   

सावधानी अपनाउनु पर्ने खालको दिन छ  । धार्मिक कार्यमा अरुचि ।  मान प्रतिष्ठामा धक्का लाग्ने । काममा बाधा आउने वा परेशानी प्राप्त हुने । बिना कारण झगडा हुने, नसोचेको दोष लाग्ने सम्भावना छ ।  मित्रहरु, नजिकका मान्छे वा आफन्तहरुसँग मनमुटाव हुन सक्ने सम्भावना भएकोले विवाद नगर्नु होला । स्वास्थयको विषेश ख्याल राख्नु पर्नेछ । रोगले दुख दिन सक्छ, पेट र आँखामा समस्या आउन सक्छ । शेयरमा आज लगानी नगर्दा राम्रो । पार्टनरशीपमा समस्या आउने छ । दाम्पत्य सुखमा बाधा, कलह उत्पन्न हुन सक्छ । प्रेमीहरुको लागि भने दिन राम्रो रहनेछ । कसै कसैलाई अस्पताल वा घर बाहिर जानुपर्ने पनि हुन सकछ ।

तुला राशी 

दिन सोचे जस्तो नहुन सक्छ । अप्रत्यासित घटनाहरुले चिन्ता थप्न सक्छ । अथवा मनमा केही कुराको डरले सताइरहन सक्छ ।  आर्थिक हानी, पारिवारीक मmमेला आइलाग्ने, अथवा दुर्घटना वा शारिरिक चोट पटक लाग्ने सम्भावना रहेकोले सावधानी अपनाउनुहोला । मुख र  बोलीलाई नियन्त्रणमा राख्नुपर्नेछ नत्र अप्ठयारो स्थिती बन्न सक्छ। स्वास्थ्यमा आउने प्रतिकुलताले शारिरिक कष्ट बढाउन सक्छ, टाउको दुख्ने, पेटको खराबी, चर्म रोग वा आँखा सम्बन्धि समस्यालाई लापरवाही नगर्नुहोला, अपच, श्वास प्रश्वास, खोकी तथा छातीजन्य रोगले पनि सताउन सक्छ । दाम्पत्य सम्बन्ध भने सुमधुर रहनुको साथै प्रेमिहरुको लागि समय अनुकुल रहनेछ । कर्म क्षेत्रमा परिवर्तनको संकेत देखिन सक्छ । लगानी र व्यवसायको लागि दिन राम्रो छैन । अरुसँग हुने विवाद र झगडाबाट भने बच्नु पर्नेछ ।

वृश्चिक राशी

दिन  उत्तम रहने छ । पारिवारिक सुख, वैवाहिक सुख, रति सुख, मान सम्मानको प्राप्ति, सत्कार, उत्तम भोजन, । धन लाभ, प्रेम सम्बन्धमा सुखद अवसर प्राप्त, मनोरन्जनमा समय बित्नेछ व्यवसायमा रोकिएको कार्य बन्ने छ । शत्रु बाधाबाट मुक्ति पाइने छ  । पार्टनरशीपमा व्यवसाय गर्नेलाई राम्रो समय छ, व्यापार व्यवसायमा फाइदा हुने योग छ । खासगरि अनलाइन व्यवसाय तथा आयात निर्यात को लागि समय अनुकुल रहने छ । ससाना लाभदायक वार्तालापहरु हुन सक्छन । कसै कसैलाइ घरबाट बाहिर जानु पर्ने अवस्था पनि आउन सक्छ । स्वास्थ्यको हकमा नशा सम्बन्धी समस्यालाई वेवास्ता नगर्नुहोला ।

धनु राशी

दिन सुखमय रहनेछ । आँटेको काम पुग्ने, दीर्घरोगहको कष्टबाट राहत मिल्ने, शत्रुहरु कुना पस्नेछन, आर्थिक पक्ष बलियो हुने, ऋण लाभ हुने, परिक्षा प्रतियोगीतामा विजय प्राप्ति हुने । खुद्रा तथा अनलाइन व्यापार व्यवसायमा लाभ मिल्ने, कसै कसैलाई टाढाको वा बाहिरको व्यक्तिको सहयोग वा साथ  मिल्नेछ ।  शेयर लगानी लाई समय उत्तम  छ। सन्तान सम्बन्धि भने ध्यान दिनु होला , दुषित प्रेम प्रसंग र अनैतिक सम्बन्धबाट जोगिनु पर्नेछ, जागिर खानेहरुले भने विशेष सतर्कता अपनाउनु पर्नेछ । आलस्यता आजको समस्या बन्न सक्छ ।

मकर राशी

समय प्रतिकुल चल्नेछ । मन अशान्त र अस्थिर रहनेछ , शारिरिक कष्ट, कर्ममा गतिरोध आउने, कार्य सफल नहुने, विध्न बाधा व्यवधानहरु आउने । स्वास्थ्यमा समस्या देखा पर्न सक्छ, विशेष गरेर पाचन तन्त्र तथा पेट सम्बन्धि रोग छ भने हेलचेक््रयाइ नगर्नु होला ।  धन हानी हुने योग चलिरहेको ले सचेत रहनु होला, यात्रा वा भ्रमण कष्टकर हुने वा चोटपटक लाग्ने सम्भावना छ। कुटुम्बहरुबाट टाढा हुनु पर्ने वा मतभेद हुने योग भएकोले आज छिमेकी, आफन्त तथा प्रतिष्ठित व्यक्तिहरुसँग व्यर्थको विवाद नगर्नु होला । सन्तानको तर्फबाट चिन्ता पर्ने वा सन्तानलाई कष्ट पनि हुन सक्छ । विद्यार्थीहरुले भने बिशेष मेहनत गर्नुपर्ने दिन छ । एकाग्रतामा कमी आउने, मन चन्चल र अस्थीर भइ पढाइमा समस्या आउने छ । 

कुम्भ राशी

समय त्यति अनुकुल छैन । समयमा खानपानको समय तालिका गडबड हुने, निद्रामा समस्या आउने, मन अस्थिर वा चंचल रहने, खर्चमा वृद्धि भइ घरायसी सुखमा कमी आउने संकेत दिएको छ । आफन्त, छिमेकी, बन्धुबान्धव अथवा नजिककाहरुसँग हुने मनमुटाव वा विवादहरुबाट जोगिनु पर्नेछ, धन तथा सम्पत्ति सम्बन्धि कारणले मानसिक चिन्ता थपिन सक्छ । स्वास्थ्य स्थिती खस्कन सक्छ, विशेष गरेर छाती तथा चिसो सम्बन्धि समस्याहरु देखिन सक्छ, जल तथा स्त्रि जातिको दुरुपयोग नगर्नु होला, ग्रहले दुख दिन सक्छ । व्यवसायमा गतिरोधको सामना गर्नुपर्नेछ । आज कुनै पनि खालको लगानीको लागि समय प्रतिकूल छ । ऋण लिने वा सापट लिने काम आज नगर्दा राम्रो । कलह वा विवादबाट टाढा रहने प्रयास गरिएमा दिन सहज हुनेछ।

मीन राशी

दिन शुभ रहनेछ । सोचेअनुरुप दिन अगाडि बढन सकने । धन लाभ तथा अन्य भौतिक लाभ हुने , केही नयाँ कुरा गर्ने वा हुने सम्भावना छ । बौद्धिक विकास तथा चेतनाको समय चलेकोले मनमा नयाँ नौलो मौलिक विचारहरु आउन सक्छन, योजनाहरु बन्न सक्छन । कार्यान्वयनमा जानु होला, सफलता प्राप्त हुनेछ, कसै कसैलाई छोटो दुरीको यात्राको अवसर प्राप्त हुने सम्भावना पनि छ । स्वास्थय उत्तम रहने । अरुले  कदर वा प्रशंसा गर्नेछन  । दाम्पत्य जीवन सुखी रहने, मित्र सुख पाइने अथवा मित्रबाट लाभ मिल्नेछ, शत्रुहरु कमजोर हुन थाल्नेछन्।  कर्म क्षेत्रमा नयाँे शुरुवात हुने योग बनिरहेको छ । विद्यार्थीहरुको लागि समय उत्तम रहन सकछ ।। आज नजिककाहरुसँग तथा आफूभन्दा कम उमेरकाहरुसँग भने विवाद नगर्नु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *