ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अबको तीनहप्ता निकै कष्टकर हुने डा रविन्द्र पाण्डेको चेतावनी

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

काठमाडौं ,वैशाख २८ । आगामी ३ हप्ता नेपालमा अझै अत्यन्तै कठिन अवस्था आउने जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डे बताउछन् ।

मंगलबार आफ्नो फेसबुक वालमा एक पोस्ट लेख्दै अहिले अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव भइरहेकोले यो अवस्था अझै ३ हप्ता रहने बताउनुभएको हो ।

अबको तीन हप्ता पछि संक्रमणको दर विस्तारै घट्दै जाने बताए । यो अवधि कठिन पक्कै छ तर दुःख सहेर भए पनि घरभित्र नै बस्न उनले सबैलाई आग्रह गरेका छन् ।

साथै जीवनको तुलनामा दुःख सानो भएकाले खाद्यान्न किन्न दैनिक बाहिर ननिस्किन पनि सुझाव दिएका छन् । उहाँले पसल, बाटो, चोक, खेल्ने ठाउँ, गल्ली सबैतिर संक्रमित भएकाले बाहिर निस्कनै परेको अवस्थामा डबल मास्क लगाएर मात्रै निस्किन आग्रह गर्नुभयो ।

उहाँले ६ फिटभन्दा धेरै दुरी कायम गर्ने, साबुन पानीरस्यानिटाइजरले निरन्तर हात सफा गरेर गर्ने, भेटघाट बन्द गर्ने जस्ता स्वास्थ्य सुरक्षाका उपाय अपनाउन पनि सबै नागरिकलाई अपिल गर्नुभएको छ ।

यसपटकको कोरोना भाइरसको प्रजातिलाई नजरअन्दाज नगरी सरकारले गरेको कडाइलाई साथ दिँदै सेल्फ लकडाउनमा बस्न पनि डा. पाण्डेले आग्रह गर्नुभएको छ ।

  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *