ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सवैमिलेर यो कठिन स्थिति पार गरौ! फेरी सुनौली बिहानी अवस्य आउने छ – डा सन्तोष दुलाल,जिवाणु विज्ञ

काठमाडौं ,वैशाख २८ । पछिल्लो केहिदिन यता देशभर भएका पिसिआर र एन्टिजेन परीक्षणमा लगभग १ सय जनामा ८० जनामा भन्दा बढी संक्रमित निदान भएका छन् ।

जम्मा संक्रमितका बहुसंख्यक केसहरुमा आरटि पिसिआरमा सिटि भ्याल्यु १० देखी २० देखिएको छ र सबै संक्रमितहरुमा लक्षणहरू देखिएको छ।

अहिले संक्रमण पुष्टि हुने प्रायमा लक्षणहरु ज्वरो, सुख्खा खोकी, घाँटी दुखाई, टाउको दुख्ने, थकान, शरीर दुखाइ, र पखाला लाग्ने रहेका छन् ।

अहिले पुष्टि भएका बहुसंख्यक संक्रमित ग्रामीण समुदायबाट रहेकोले एउटै घरका सबै सदस्यहरू संक्रमित हुनुहुन्छ, यि आधारले के स्पष्ट भइन्छ भने कोरोना संक्रमण समुदायमा डडेलो झै फैलिएको छ।

अब २ देखी ३ हप्ता प्रसारण र संक्रमण उत्कर्ष विन्दुमा रकेट झै प्रक्षेपण हुनेछ ।अझै २-३ हप्ता कोभिड-१९ ले अचाक्ली विध्वंस गर्नेछ र हामी स्वास्थ्य संकटमा गुज्रिरहनेछौं।

सबै यो कठिन परिस्थितिमा संयमित हुनु आवश्यक छ। घरमै बसौँ, लकडाउन लाई पूर्ण पालना गरौँ, कोभिड-१९ बिरूद्ध रोकथाम तथा नियन्त्रणका जनस्वास्थ्यका नियमहरू अनुशासित भएर पालना गरौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *