ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपाल सुपरलिग:काठमाडौंलाई हराउदैं धनगढी फाइनलमा प्रवेश

काठमाडौं वैशाख २८ । नेपाल सुपर लिगमा काठमाडौंलाई हराउदैं धनगढी फाइनलमा प्रवेश गरेको छ । दरशरथ रंगशालामा जारी नेपाल सुपर लिगको क्वालिफायर खेलमा काठमाडौंलाई हराउदै धनगढी फाइनलमा प्रवेश गरेको हो ।

निर्धारीत ९० मिनेटको खेलमा दुवै टोलीले एक-एकको बरावरी खेलेपछि थप भएको ३० मिनेटमा धनगढीले थप एक गोल गरेपछि फाइनलमा प्रवेश गरेको हो ।

खेलको ७६ औं मिनेटमा काठमाडौंका लागि तेज तामाङले पहिलो गोल गर्दैं खेलमा अग्रता दिए पनि त्यसो दुई मिनेट अर्थात ७८ औं मिनेटमा पुजन उप्राकोटीले गोल गर्दै खेल बरावारी गरेका थिए ।

निर्णायक गोल भने धनगडीका लागि १ सय ८ औं मिनेटमा विशाल राईले गोल गरेका थिए ।

आज पराजय भएपनि काठमाडौंको फाइनल खेल्ने संभावना भने समाप्त भएको छैन । भोली हुने बुटवल लुम्विनी र पोखरा विचको बिजेतासंग पुन फाइनल प्रवेशका लागि खेल लेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *