ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

इटहरी उपमहानगरपालिकामा जेठ ४ गतेसम्म तरकारी र खाद्यान्न पसल समेत बन्द हुने

काठमाडौं,वैशाख २८ । इटहरी उपमहानगरपालिकाले जेठ ४ गतेसम्म अस्पताल र औषधि पसलबाहेकका सम्पूर्ण पसल बन्द गर्ने निर्णय गरेको छ ।

उपमहानगरपालिकाले मंगलबार एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमण तीव्र रुपमा बढेकाले अस्पताल र औषधिपसलबाहेक बुधबारदेखि जेठ ४ गतेसम्म सम्पूर्ण पसल बन्द गर्ने भएकव् हव् ।

मंगलबार बसेको बैठकले फलफूल र दूधडेरी पसल बिहान १० बजेसम्म खोल्न दिने निर्णय गरेको नगर प्रमुख द्वारिकलाल चौधरीले बताए ।

खाद्यान्न र तरकारी पसलमा अत्याधिक भिड देखिएपछि यसलाई नियन्त्रण गर्न बन्द गराउनुको विकल्प नदेखिएको भन्दै अब एक हप्ताका लागि तरकारी खादान्न बन्द हुने नगरले जनाएको छ ।

भोलिसम्ममा खाद्यान्नको जोहो गर्न नगरवासीलाई आग्रह नगरपालिकाले गरेको छ । सीमित कर्मचारी राखेर बैंक खोल्न भने दिईनेछ । जिल्लामा हाल निषेधाज्ञा समेत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *