ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

संक्रमित संख्या बढ्दै जादा अक्सिजनको चरम अभाव

काठमाडौं वैशाख २८ । पछील्लो समय नेपालमा संक्रमिततको संख्या बढ्दै जादा अक्सिजनको सपोटमा उपचार गर्नुपर्ने बिरामीको संख्या बढ्दो रहेको छ । अस्पतालहरुमा अक्सिजन अभाव हुन थालेसँगै स्वास्थ्य मन्त्रालयले अक्सिजन सहज रुपमा उपलब्ध गराउन अक्सिजन उद्योग प्रालीहरुले वितरण गर्दा स्वास्थ्य मन्त्रालयले सिफारीस नगरेसम्म अक्सिजन नदिन सुचना नै जारी गरेको थियो ।

अहिले बिरामी संख्या बढेसँगै अस्पतालहरुबाट अक्सिजनको माग आपुर्ती भन्दा बढी आउन थालेकोले उत्पादक कम्पनिहरुले सरकारले अक्सिजन आपुर्तिका लागि तत्काल बैकल्पिक व्यवस्था नगरे भारतमा भन्दा ठूलो संकट नेपालमा देखापर्ने चेतावनी दिएका छन् । पछील्लो समय बढ्दो कोरोना महामारीले र जटिल अवस्थाका बिरामी धेरै हुदा अस्पतालहरुमा आउने अंधिकाश बिरामीहरु अक्सिजन र भेन्टिलेटरको सपोटमा उपचार गर्न परीरहेको छ ।

अहिले अस्पतालको क्षमता भन्दा पनि बढी संक्रमित थिदा अस्पतालहरुले भुइमा नै बिरामी राखेर उपचार गर्नु परेको अवस्था छ । अहिले संक्मरित मात्र बढ्दो छैन मृत्युदर हेर्ने हो भने पनि क्रमश बढ्दो क्रममा रहेको छ । सोमबारको स्वास्थ्य मन्त्रालयको तंथ्याक हेर्ने हो भने १ सय ३९ जनाले ज्यान गुमाउदा ९ हजार भन्दा बढी संक्रमित थपिएका थिए । यो तंथ्याकलाइ हेर्ने हो भने पनि नेपालको अवस्था भयावह हुदै गइरहेको छ । अब नागरीक स्वयम र सम्बन्धीत निकाए गम्भीर नहुने र सतर्कता नअपनाउने हो भने केही भन्न नसक्ने अवस्था रहेको चीकित्सकहरु बताउछन्।

कोभिड १९ संक्रमितको संख्या बढे संगै अक्सिजन अभावमा विरामीको मृत्यु भएको तथा अस्पतालका आईसियु र भेन्टिलेटर संञ्चालनमा समस्या भएको समाचार आईरहदा अक्सिजन उत्पादकहरुले भविश्यमा अझै ठूलो समस्या आईपर्ने चेतावनी दिएका हुन् । अक्सिजन उत्पादक संघका महासचिव नारायण तिमिल्सिनाले बजारमा अक्सिजनको असाध्यै ठूलो अभाव भएकाले २४ सै घण्टा प्लाण्ट चलेको अवस्थामा पनि थेग्न सक्ने अवस्था नरहेको बताउनुभयो । उहाँले तत्काल सरकारले अक्सिजन आपुर्तिका लागि वैकल्पिक व्यवस्था नगर्ने हो भने यो समस्या चौगुणले वृद्धि हुने चेतावनी दिनुभयो ।

अहिले काठमाण्डौ उपत्यकामा मात्रै ८ वटा प्लान्ट संञ्चालनमा रहेको र २ वटा प्लाण्टहरु मर्मतको क्रममा रहेको जानकारी दिदै सबै प्लाण्ट पुर्ण क्षमतामा सञ्चालन गर्दा पनि वर्तमान अवस्थामा अक्सिजनको माग थेग्न नसकिने बताउनुभयो । हाम्रो आकलन र अहिले र्यापिड्ली बढेको कोभिड संक्रमणको अवस्थाले हाम्रो उत्पादनले थेग्ला जस्तो लाग्दैन । किनभने हरेक क्षेत्रबाट देशै भरीबाट अक्सिजनको अभावका, अस्पतालका विरामीले अक्सिजन पाएनन् भन्ने सूचनाहरु प्राप्त भईरहेको छ । यो अवस्थामा सरकारले, उद्योगीहरुले चनाखो भएर, सचेत भएर यसको व्यवस्थापन गर्नु जरुरी देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *