ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना विरुद्धको भेरोसेल खोप जेठ २ गतेबाट लगाउने

काठमाडौ,बैशाख २८ l स्वास्थ्य मन्त्रालयले वैशाख १५ मा अत्याधिक भिडभाड बढेको भन्दै केही समयका लागि खोप अभियान स्थगित गरेको थियो । पुन संक्रमितको संख्या बढ्दै गएपछि जेठ २ गतेदेखि खोप अभियान सञ्चालन गर्न सम्बन्धित निकायलाई पत्राचार गरीसकेको छ ।

संक्रमण संख्या बढ्दै जादा सरकारले पुन १५ दिन निषेधाज्ञा थप गरीसकेको छ । काठमाडौं जिल्लामा कोरोनाविरुद्धको दोस्रो चरणको चिनियाँ खोप भेरोसेल खोप अभियान संञ्चाललन गर्ने तयारी गरेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आगामी जेठ २ गतेदेखि खोप लगाउने तयारी गरेको छ ।

काठमाडौं उपत्यकामा एन्टि कोभिड भ्याक्सिनको दोस्रो चरणको खोप सञ्चालनका सम्बन्धमा सवै वडा कार्यालयमा एक हप्ताका लागि निश्चित समय तोकी भिडभाड हुन नदिन कुपन वितरण व्यवस्था मिलाउन सम्बन्धित निकायलाई लेखी पठाउने निर्णय भएको हो ।

खोप अभियान सञ्चालनका लागि आवश्यक सुरक्षाको व्यवस्था भने जिल्ला प्रशासन कार्यालयले मिलाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *