ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अत्यावश्यक सामग्री लिएर साढे २ बजे वाइडबढी नेपाल आइपुग्ने

काठमाडौं,वैशाख २८ । सोमबार राती ११ बजे अत्यावश्यक स्वाथ्य सामग्री लिन चीनको राजधानि बेइजिङ गएको नेपाल एयरलाइन्सको वाइड बडी जहाज आज दिउँसो साढे २ बजे स्वाथ्य सामाग्री लिएर नेपाल आउदै छ ।

जहाजले चीनबाट ४ सय थान अक्सिजन सिलिण्डर र २० थान भेन्टिलेटर ल्याउने नेपाल वायु सेवा निगमले बताएको छ । कोरोना संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि चीनले अनुदानस्वरूप दिन लागेको भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री स्थलमार्गबाट अबको पाँच दिनभित्र तातोपानी नाका आइपुग्ने छ ।

स्थलमार्गबाट ४० थान भेन्टिलेटर, २० थान अटोमेटेड एनालाइजर, १० थान डीआर मेसिन, २० थान पोर्टेबल अल्ट्रासाउन्ड र ३० थान एनेस्थेसिया मेसिनलगायतका स्वास्थ्य सामग्री आउन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *