ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

संक्रमका कारण भयावह बनेको उपत्यका थप सुनसान

काठमाडौ,बैशाख २८ l सोमबार मात्र नेपालमा कोरोना संक्रमणका कारण १ सय ३९ जनाको ज्यान गयो भने ९ हजार धेरेमा कोरोना संक्रमण पुष्टी भयो । त्यसो त पछिल्लो साता नेपालमा कोरोना संक्रमण तथा कोरोनाका कारण मृत्युले नयाँ नयाँ रेकर्ड कायम गर्दैं आएको छ । यसरी दैनिक संक्रमण बढ्न थालेपछि विभिन्न माध्यमको प्रयोग गर्दैं गाउँ जाने क्रम समेत बढेको छ ।

कञ्चनपुरका मनोज साउद अध्ययनका लागि काठमाडौं बसेको करिव ४ बर्ष भयो । अघिल्लो बर्ष पनि कोरोना कहरका विच बल्ल तल्क कैलाली पुगेका उनलाई यो बर्ष यति लामो निषेधाज्ञा होला भन्ने थिएन । आधा परिक्षा दिएर अन्तिममा परिक्षा रोकिएपछि अन्योलमा परेका उनलाई छिट्टै परीषा होला र आरामले घर जाने योजना थियो तर निषेधाज्ञा झन बढ्न थाले पछि जसो तसो उनले पास मिलाए कैलाली हानिएका छन् ।

अवस्थामा उपत्यकामा जारी निषेधाज्ञा दोस्रो हप्तामा जारी छ । संक्रमण भयावह बन्दै जादाँ उपत्यका अझ सुनसान बनेको छ । भने उपत्यका प्रवेश गर्ने साधनपनि पातलिएका छन् ।

सरकारले स्वास्थ्य संकटकाल लगाउने चर्चा परिचर्चा भइरहदाँ उपत्यकाका जिल्ला प्रशाशनले निषेधाज्ञा लम्याउने र कडाई गर्ने निर्णय गरेका छन् । त्यसो त हाल देशका अधिकाम्स जिल्लामा पुर्ण तथा आम्सिक निषेधाज्ञा कायम भएको छ । प्रशासकनले अत्यावस्यक सामग्रीका सामग्रीलाई निर्वाध रुपमा सञ्चालन दिएपनि कतै कतै भने पहुचका आधारमा सवारी प्रवेश दिने र अन्यलाई दुख दिएको गुनासो समेत सुनिन थालेको छ ।

यद्दपि अत्यावश्यक सामग्री ढुवानी गरिरहेका सवारीसाधन, बिरामी तथा बढीमा दुई कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायका सवारीसाधन सञ्चालनमा छन् ।
संक्रमणको बढ्दो दरले जोखिमपूर्ण बनाएको काठमाडौं उपत्यकामा अवस्था भयावह हुन नदिन थप सावधानी र सतर्कता सबै तहबाट अपनाउनु आवश्यक छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *