ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

जसपाका कारण नयाँ सरकार बन्न कठिन, नेपाल-खनाल समुहको संकेत कुर्दै दलहरु

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

काठमाडौं,वैशाख २९ ।  प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस सहित माओवादी केन्द्र र जसपाले नयाँ सरकार निर्माणका लागि आह्वान गर्न राष्ट्रपितलाई आग्रह गरेका थिए । संसदलमा केपी ओलीले विश्वासको मत पाउन नसकेपछि नयाँ सरकारको लागि आह्वान गरिएको हो ।

३ दिनको समय दिएर दावी प्रस्तुत गर्न आह्वान हुदैं गर्दाँ नयाँ सरकारको संभावना पनि कम्जोर बन्दै गएको छ । जसपाको ठाकुर समहुले नयाँ सरकारको खेलमा सहभागि नहुने जनाएपछि नयाँ सरकार बन्ने संभावना टर्दै गएको हो ।

नयाँ सरकार गठनको पक्षमा उभिएका तीन दलसँग कांग्रेस ६१, माओवादी केन्द्र ४९ तथा जसपाको डा. बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षका १६ सांसद देखिएका छन् ।

प्रतिनिधिसभामा कायम रहेको २७१ सदस्यमा बहुमतका लागि १३६ जना सांसदको समर्थन चाहिन्छ । जसपाको पूर्व राजपा खेमाले समर्थन नगरे यो समूहलाई बहुमत पुग्दैन । एमाले भित्रको नेपाल – खनाल समुहलाई कारवाही वा उनीहरुले फ्लोर क्रस गरेमात्र नयाँ सरकार बन्ने देखिन्छ ।

यद्यपी एमालेभित्र उनिहरुको कारवाहीको तयारी सुरु भएको  समेत जनाइएको छ । हिजो संसदमा सहभागि नभएका २८ जनाले फ्लोर क्रस गरे सजिलै नयाँ सरकार बन्ने देखिन्छ । वा कारवाहिमा परे संसदस सदस्य सङ्ख्या २सय ४३ हुन्छ । जसमा कांग्रेस, माओवादी केन्द्र, र जसपाको यादव-भट्टराई समुहको सामान्य बहुमत पुग्ने देखिन्छ ।

  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *