ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मेघगर्जनसहित वर्षाको सम्भावना

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

काठमाडौं वैशाख २८ । पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण पूर्व भूभाग नजिक रहेको पूर्वपश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव मौसममा रहेकाले देशभर मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 


मंगलबार बिहान देशका सुदुरपश्चिम प्रदेश,कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्विनि प्रदेशका  भूभाग सहित देशभर समान्य तथा आंशिक बदली रहेको महाशाखाको भनाई छ ।


महाशाखाले देशका केही स्थानहरुमा भने मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र प्रदेश नं २ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।  

  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *