ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज वैशाख २८ गते मंगलबार तपाईको राशिफल

आज मिति २०७८ साल बैशाख २८ गते मंगलबार तदनुसार सन २०२१ मे महिनाको ११ तारिख, बैशाख कृष्णपक्ष, वसन्त रितु, उत्तरायण सुर्य, भरनी नक्षत्र, औंसी तिथी, सौभाग्य योग, चतुष्पद करण, आज चन्द«मा मेष राशीमा रहनेछ, आज सूर्योदय बिहान ५ बजेर १९ मिनेटमा भयो भने सूर्यास्त बेलुकी ६ बजेर ४३ मिनेटमा हुनेछ । विशेष कार्यहरु शुरु गर्नको लागि आजको शुभ समय बिहानको ११ बजेर ३३ मिनेटबाट १२ बजेर २७ मिनेटसम्म रहनेछ  । आजको राहूकाल दिउँसोको ३ बजेर २१ मिनेटबाट ५ बजेर २ मिनेटसम्म रहनेछ

मेष राशी

दिन शुभ रहनेछ । पारिवारिक तथा घरायसी सुख प्राप्ति, जोश जाँगर बढने, खर्च कम हुने, मानसिक  तनाव र चिन्तामा कमी आउने । सकारात्मक विचार र उत्साहले मनोबल बढने । मिष्ठान भोजन प्राप्ति वा रमाइलो कुराकानीमा सरीक भइने, शारिरिक सुखमा ध्यान जाने, रोग व्याधिबाट ग्रस्त हुनेहरुलाइ अब निरोगिता प्राप्ति हुनेछ ।  व्यापार व्यवसायमा नयाँ सकारात्मक परिवर्तन हुन सक्ने, अनावश्यक झंझटबाट राहत मिल्ने, कसै कसैलाई घरबाट  बाहिर जानुपर्ने अवस्था पनि आउन सक्छ ।

वृष राशी

दिन अनुकुल नहुन सक्छ । आँट र जाँगर घटने । अल्छीपन बढने, नचाहेको ठाउँमा खर्च हुन सक्ने । धनको नोक्सानी, मान सम्मानमा कमी आउने वा कसैबाट मन दुख्ने अवस्था पनि आउन सक्छ, सन्तान पक्ष बाट तनावको स्थिति बन्न सक्छ । स्वास्थ्य तथा खानपानको विशेष ध्यान दिनुहोला शारिरिक कष्ट, छाती भन्दा माथिको भागमा समस्या आउन नदिन सचेत रहँदा राम्रो । संक्रामक रोगको चपेटामा परिने सम्भावना रहेको छ ,  व्यापारी र व्यवसायीहरुलाई लगानीको लागि दिन  राम्रो छैन । अनलाइन विद्या आर्जनको लागि भने दिन राम्रो रहने छ । कसै कसैलाई कष्ट वा शोक पर्ने र कानूनी झमेला लाग्न सक्ने भएकोले सावधान रहनु पर्नेछ,

मिथुन राशी

मन प्रसन्न गराउने खालको दिन रहन सक्छ, गरिएका प्रयासहरुले विविध लाभ दिनेछन । जागीर, रोजगार तथा व्यवसायको क्षेत्रमा चाहेका कुराहरु हुने वा बन्न थाल्ने, मित्र भेटको सम्भावना वा मित्र बाट फाइदा पाइने । उत्तम भोजन तथा खानपानमा समय रम्न सक्ने ।  परिवार कुटुम्बबाट लाभ प्राप्त हुने वा सहकार्य हुने योग छ । प्रयास गरिरहनु भएको थियो भने कुनै पनि नयाँ वा महत्वपूर्ण कार्य हुन सक्ने सम्भावना पनि छ । खुद्रा व्यापार व्यवसाय गर्नेहरुलाइ लाभको योग छ, तथा लगानीको लागि पनि समय राम्रो छ । कसै कसैलाई सन्तान सुख, स्त्री सुख प्राप्त हुने वा भोग विलासमा संलग्न हुनु पर्ने अवस्था बन्न सक्छ ।

कर्कट राशी

दिन राम्रो रहने छ । भाग्यले साथ दिने, चिताएको पुग्ने, घरायसी सुख मिल्ने, कार्य स्थलमा सफलता मिल्नेछ, रोजगार, नोकरी वा व्यवसायको क्षेत्रमा परिवर्तन ्,मान सम्मान, कदर वा बढुवा को सम्भावना छ । आफूभन्दा माथिकाहरुले तँपाइको कदर गर्नेछन् । सार्वजनिक, राजनैतिक क्षेत्रमा हुनेहरुलाइ विशेष अवसर प्राप्त हुन सक्छ छ । पारिवारिक विवाद र मानसिक तनाबबाट भने बच्नु पर्नेछ । परिवार भित्र कोही जेष्ठ नागरिक हुनुहुन्छ भने वहाँको स्वास्थ्यको ख्याल गर्नुहोला । चोटपटकको विशेष ख्याल राख्नु होला । विद्यार्थीहरुको लागि समय राम्रो छ । परिक्षा प्रतियोगितामा राम्रो उपलब्धि प्राप्त हुने योग छ ।

सिंह राशी

भाग्यले साथ नदिएको जस्तो अनुभव हुने, चिन्ता, कलह, आर्थिक नोक्सान, पारिवारीक समस्या, विवाद र झगडा आदि बाट जोगिनु पर्नेछ, सरकारी झंझट र बाधा ले मनमा तनाव दिन सक्छ, कुनै अपठ्यारो समस्याको सामना गर्नुपर्ने, सन्तान सँग मतभेद हुने अथवा सन्तानको स्वास्थ्यमा समस्या आउने, रोगव्याधिले सताउन सक्ने, बिशेषतः छाती, पेट सम्बन्धि पुरानो समस्यालाइ हेलचेक्रयाइ नगर्नुहोला । दुर्घटना वा चोट लाग्ने जस्ता अप्रत्यासित घटनाहरु हुन सक्ने, मान प्रतिष्ठा मा धक्का लाग्ने, बन्न आँटेको काम विग्रने सम्भावना भएकोले आज सावधान रहनु होला । लगानीको लागि आज दिन राम्रो छैन ।

कन्या राशी

प्रतिकुल घटनाहरु हुने खालको दिन छ, शारिरिक तथा मानसिक सुखमा कमी, स्वास्थ्यको विशेष ख्याल राख्नु पर्नेछ, आर्थिक पक्ष कमजोर रहने, मानसिक तथा पारिवारिक समस्याले तनाव दिन सक्ने, समयमै कामहरु नबन्ने,  खानपान नमिल्ने वा खानपानको कारणले स्वास्थ्यमा गडबडी आउन सक्छ,, विशेष गरि रुघा खोकी, निमोनिया,  श्वास तथा छाति सम्बन्धि समस्या हुनेहरुले विशेष सतर्कता अपनाउनु पर्नेछ, नेत्र पीडा वा अनिद्राको समस्याले पनि दुख दिन सक्नेछ, अचानक हुने अनिष्ट घटनाले आज मन अशान्त हुन सक्छ, कुनै पनि प्रकारको कलह र विवादबाट आज बच्नुभएमा दिन तुलनात्मक रुपमा सुखद रहनेछ,

तुला राशी

दिन राम्रो रहनेछ । मन प्रसन्न रहने, पारिवारिक तथा सामाजिक सुख मिल्नाले सकारात्मक उर्जा प्राप्त हुनेछ , भोग विलास र मनोरन्जन सुख,  दाम्पत्य सुख, कदर हुने वा अरुले प्रशंसा गर्ने, स्वागत सत्कार वा मीठो खानपानको योग बन्न सक्छ, धनलाभ वा वस्तु लाभ हुने, रोकिएको कार्य बन्नुको साथै शत्रुजनित पीडाबाट मुक्ती पाइने योग छ।  विद्यार्थी वर्गहरुलाइ दिन राम्रो रहने छ । व्यापार व्यवसायमा लाभ मिल्ने अवस्था बन्न सक्छ । कसै कसैको नयाँ कार्यमा लगानी हुने वा सोच बन्न सक्छ ।

वृश्चिक राशी

दिन उत्साहजनक रहनेछ । आनन्दको अनुभूति हुने, धन लाभ हुने, आरोग्यता प्राप्ति हुने, कार्य क्षेत्रको गतिरोध हटने, मानसिक तनावमा कमी आउने,  शत्रूहरु पराजित हुने , मान सम्मान पाइने अथवा अरुले तँपाइको कदर गर्नेछन, पारिवारिक दाम्पत्य सुखमा वृद्धि हुने । प्रेम सम्बन्धमा मधुरता आउने ।  महिलाहरु सँगको सम्पर्क बढने योग छ। विद्यार्थीहरुलाइ दिन राम्रो हुनेछ,। स साना खालका अनावश्यक खर्चमाथि  भने ध्यान दिनुुहोला ।

धनु राशी

सावधानि अपनाउनु पर्ने खालको दिन रहनेछ । कर्मक्षेत्रमा असफलता,  गरेका निर्णयहरु गलत हुन सक्ने, फाल्तुमा दिन बित्न सकछ , धनको नोक्सानी या अनावश्यक खर्च हुने, स्वास्थ्य हानी विशेषत पेट सम्बन्धि समस्या छ भने बेवास्ता नगरेमा राम्रो,  सन्तानको तर्फबाट चिन्ता वा सन्तानलाई कष्ट पर्ने योग देखिएको छ । घरबाहिर निस्कँदा कष्ट पाइने अथवा दुर्घटना को संभावना भएकोले सचेत रहनु पर्नेछ, दाम्पत्य तथा प्रेम सम्बन्धमा असमझदारी बढन सक्ने, मन नकारात्मक विषयहरुतिर ढल्कने सम्भावना छ । विद्यार्थीहरुको पढाइमा पनि समस्या आउन सक्छ , व्यापारी तथा व्यवसायी वर्गहरुले विशेष सतर्कता अपनाउनु होला ।

मकर राशी

दिन अनुकुल रहन नसक्ला, व्यर्थको चिन्ता र बेचैनीले सताइरहन सक्छ, अरुलाई विश्वास गर्न मन नलाग्ने, आफन्त वा नजीकका मान्छेहरुसँग मनमुटाव हुने, जोश जाँगरमा कमी आउने, मन अस्थिर रहने, स्त्रि सुखमा कमी, निद्रा तथा खानपानमा गडबडी हुने सम्भावना छ, मौसमी रोगव्याधिले स्वास्थय खस्किन सक्छ, कसै कसैलाई शारिरिक कमजोरी महसुस हुने, छाती तथा श्वासप्रश्वास सम्बन्धि समस्या उत्पन्न हुन सक्ने योग छ, स्त्रि वर्गबाट भने सचेत रहनु होला, व्यवसाय तथा अफिसमा असहजताको सामना हुनसक्ला । लगानीलाइ समय प्रतिकुल छ,

कुम्भ राशी

दिन राम्रो रहनेछ, भाग्यले साथ दिने । पराक्रम बढने, निरोगिताको प्राप्ति, कार्यमा सफलता, मान सम्मान मिल्ने, आर्थिक पक्षमा सुधार देखा पर्ने, वस्त्र लाभ, मित्र सुख, शत्रुहरु सेलाउने छन्, आफन्तजनसँग सम्बन्ध राम्रो हुनुको साथै सकारात्मक व्यक्तिहरुसँग सम्पर्क बढने खालको दिन छ, कोशिश भने गर्नुहोला।  विवाह तथा दाम्पत्यको हकमा सोचे अनुरुप खुशी प्राप्त हुने । कसै कसैलाइ घर बाहिर बस्नुपर्ने  वा भ्रमणको स्थिति बन्ने योग छ, प्रेम सम्बन्धको लागि सोसल मिडीया राम्रोसँग उपयोग हुने खालको दिन छ । विद्यार्थी तथा व्यवसायीहरुलाइ पनि दिन अनुकुल रहनेछ, लगानीलाइ आज दिन राम्रो छ ,

मीन राशी

दिन सोचेजस्तो नहुन सकछ, अरुबाट मानहानी अथवा परिवारले तँपाइको कदर नगरिदिने, पारिवारिक व्दन्दमा अलमलिनु पर्ने, धन संचिती घटने, अनावश्यक खर्च भएर मानसिक तनाव हुने, व्यवसायमा घाटा, गरेका कार्यहरुमा बाधा आउन थाल्ने वा अधुरो छोडनु पर्ने हुन सक्छ।  स्वास्थ्यको लापरवाही नगर्नुहोला, मुख अनुहारमा घाउ खटीरा आउन सक्ने अथवा खानपानको कारणले समस्या उत्पन्न हुन सक्छ ।  विद्यार्थीहरुलाई पढाइ लेखाइमा मन नलाग्न सक्छ । आज मनमा खराब प्रवृत्तिको विचार आउन नदिनु होला, साथै बोल्दा सचेत हुनु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *