ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कामचलाउ सरकारकबाट संसद अधिवेशन अन्त्यको सिफारीस

काठमाडौं, वैशाख २७ । कामचलाउ सरकारले प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले आजै राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेको हो ।

मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका छन् । प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकपछि सभामुख अग्नि सापकोटाले वैशाख ३० गते अर्को बैठक बोलाएका थिए ।

संसदमा ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि आजैबाट कामचलाउ बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *