ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

केन्द्र सरकार विश्वासको मत लिने होडमा जुट्दाँ स्थानीय सरकार भने जनताको घाउमा मलहम पट्टी गर्दैं
क कस्ले बनाए आफ्ना सवारी साधनलाई एक्बुलेन्स ?

काठमाडौ वैशाख २७ । कोरोना संक्रमित बोक्ने एम्बुलेन्स अभाव भएपछि रूपन्देहीका तीन स्थानीय तहका जनप्रतिनिधिले आफू चढ्ने गाडी एम्बुलेन्स बनाउने निर्णय गरे । तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका र सियारी गाउँपालिकाकाले सुरु गरेकव  यो अभियान हाल देशव्यापी रुपमा फैलिएको देखिन्छ ।

 कोरोना महामारिमा हाल अस्पताल  अभाव, अस्पताल पुग्दा बेडको अभाव बेडमा पुग्दा अक्सिजन र स्वास्थयकर्मीको अभाव यी समस्याले अकालमा ज्यान गुमाउने नागरिकको संख्या दिनमै १ सयको नजिक पुग्ने दिन औंलामा गन्दै बस्नुबाहेक अन्य उपायनै छैन् । तर यसै अभियानमा अहिले नगारिकको घाउमा मलाम लगाउन साँच्चीकै स्थानिय सरकार जुटेको जस्तो देखिन्छ ।

अहिले व्यापकता पाउँदै छ केही नगरपालिका, गाउँपालिकाका प्रमुख, कर्मचारीहरुले चढने सवारी नागरिकको सेवामा लगाईएको विषयले । 

कहाँ कहाँ फैलियो त यो अभियान ?

  • बुटवल तिलोत्तमा नगरपालिकाबाट नगर प्रमुख वासुदेव घिमिरे र उपप्रमुख जागेश्वरी चौधरीले चढ्दै आएका गाडी कोरोना संक्रमित बोक्न प्रयोग ।
  • तिलोत्तमामा दुई एम्बुलेन्स र नगर प्रमुख र उपप्रमुखले चढ्ने दुई गाडी गरि चारवटा सवारी साधन सेवामा ।
  • रुपन्देही जिल्लाको सियारी गाउँपालिका अध्यक्ष अयोध्या थारू र उपाध्यक्ष अमृता गुरुङले दुई स्कार्पियोलाई बिरामी बोक्ने एम्बुलेन्स बनाउने घोषणा ।
  • रुपन्देही सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले आफू चढ्ने गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने ।
  •  सिद्धार्थनगर उद्योग वाणिज्य संघका उपाध्यक्ष नेत्र आचार्य र कार्यसमिति सदस्य मंगल भण्डारीले निजी गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने ।
  • विराटनगर इनरुवामा महानगरपालिकाका प्रमुख भीम पराजुली उपप्रमुखले आफ्नो सवारी संक्रमित ओेसार्नका लागि दिने घोषणा
  • मोरङको विकट मिक्लाजुङ गाउँपालिका प्रमुख देवीप्रसाद आचार्य र उपप्रमुख सरला राईले प्रयोग गर्ने सवारी शनिबारदेखि कोभिड एम्बुलेन्सको रुपमा  प्रयोग गर्ने घोषणा ।
  • नेपाली कांग्रेस विराटनगर महानगर समितिका कार्यवहाक सभापति अरुण न्यौपानेले आफूले चढ्ने गरेको  गाडी एम्बुलेन्सको रुपमा प्रयोग  ।
  • काभ्रेपलान्चोक पाँचखालका नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय चढ्ने सरकारी गाडी एम्बुलेन्स साथै प्रमुख खरेलले आफ्नो निजी गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने ।
  • ‍भुम्लु गाउँपालिकाको अध्यक्ष गुमानध्वज कुँवरले पनि आफूले प्रयोग गर्दै आएको गाडीलाई         एम्बुलेन्सका रुपमा प्रयोग गर्ने  ।
  •  पूर्वी चितवनको रत्ननगर नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत तथा कर्मचारीले चढ्ने सवारी कोरोना सङ्क्रमितको उपचारमा लगाईने  । 
  • धनुषा शहीद नगरका प्रमुख उदय बरबरिया यादवले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै आफुले प्रयोग गर्ने सवारीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने
  • जुम्लाको सिन्जा गाउँपालिका अध्यक्ष देवल सिंह रावलले गाउँपालिकाका २ वटा गाडी कोरोना संक्रमितको उपचारममा निःशुल्क उपलब्ध गराउने  ।

स्थानीय तहपछि प्रतिपक्षी कांग्रेसले आफ्ना पार्टी कार्यालयलाई आईशोलेसन र क्वारेन्टिन बनाउन सिफारीस गरिरहेको छ ।

  • नेपाली काँग्रेस नुवाकोटले आफ्नो पार्टी कार्यलयमा करिव १२० शैयाको  कोभिड अस्थायी अस्पताल बनाउने 
  •  नेपाली कांग्रेस गुल्मीले पार्टी कार्यालय भवन कोरोना उपचार तथा आइसोलेसन कक्षका लागि उपलब्ध गराउने 
  • नेपाली कांग्रेस स्याङजाले अस्थायी कोभिड अस्पताल निर्माणका लागि  आफनो पार्टी कार्यालय उपलब्ध गराउने
  • नेपाली कांग्रेस नवलपुरको पार्टी कार्यालय आईशोलेसन र क्वारेन्टाइनका रुपमा प्रयोग गरिने

केन्द्र सरकार राजनीतिको अंक गणित मिलाउन लाग्दाँ स्थानीय सरकार भने जनातको पिडामा मलम पट्टी लगाउन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *