ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

उपत्यकामा १५ दिन निषेधाज्ञा थप

काठमाडौं वैशाख २७ । काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा थपिएको छ । जिल्ला समन्वय समिति, स्थानीय निकाय, स्वास्थ्य संस्थाका प्रमुखलगायतको जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रले उपत्यकामा थप पन्ध्र दिन निषेधाज्ञा जारी गर्नुपर्ने निष्कर्ष निकालेको छ।

कम्तीमा पन्ध्र दिन निषेधाज्ञा जारी गर्नुपर्ने डिसिसिएमसीले निष्कर्ष निकालेको छ । दैनिक नयाँ नयाँ रेकर्ड व्रेक हुन थालेपछि उपत्यकामा १५ दिन थप गरिएको काठमाडौंका प्रजिअ कालिप्रसाद पराजुलिको भनाई छ ।  यो निष्कर्षको आधारमा काठमाडौं, भक्तपुर र ललितपुर तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू मंगलबार छलफलमा बस्नेछन्।

काठमाडौं उपत्यकामा दोस्रो साताको निषेधाज्ञा कार्यान्वयनमा छ। बुधबार राति १२ बजे सो निषेधाज्ञाको समय समाप्त हुनेछ। त्यसअघि नै थप पन्ध्र दिनको निषेधाज्ञा आदेश आउने सम्बद्ध प्रजिअहरूले बताएका छन्।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *