ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको स्वास्थ्य थप जटिल

काठमाडौं,बैशाख २७। पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको स्वास्थ्यम थप जटिल बन्दै गएको छ ।

दाहाल लामो समयदेखि पार्किन्सन जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट दाहाललाई हाल पाइपबाट हल्का खाना खुवाउने गरिएको परिवार स्रोतले जानकारी दिएको छ ।

दाहालका हातखुट्टा नचल्ने र आँखा समेत कमजोर भएका छन् भने ‘दिसा–पिसाब गराइदिनुपर्छ, खाना पनि झोलजस्तो बनाएर पाइपबाट खुवाइदिनुपर्ने अवस्थामा उनको उपचार समेत भैरहेको छ ।

सामाजिक सन्जालमा सार्वजनिक एक तस्वीरमा सीता निकै दुब्ली र कमजोरजस्तो देखिएकी छन् । सो तस्वीरमा सीतासँगै उनका पति प्रचण्ड, छोरी र नातिनीहरु छन् । सीतालाई यसअघि अमेरिका, सिंगापुर र भारतका विभिन्न अस्पतालमा लगेर उपचार गराइसकिएको छ ।

यही वैशाख दोस्रो साता उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले तीन दिनपछि डिस्चार्ज गरेपछि उनी हाल खुमलटारस्थित निवासमै परिवार र चिकित्सको हेरचाहमा छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *