ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

तटस्थले बाचेको जसपाको विभाजन

काठमाडौं वैशाख २६ । प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिदाँ सांसदहरुले स्वविवेक प्रयोग गर्न पाउने निर्णय गरेसंगै जसपाको विभाजन टरेको छ ।

यस अघि महन्त ठाकुर र राजेन्द्र महत्तो ओलीको पक्षमा मतदान गर्ने तथा डा बाबुराम भट्टराई तथा उपेन्द्र यादव ओलीलाई कुनै हालतमा मतदान नगर्ने फक्षमा उभिएका थिए । सोही अनुसार केपी ओलीले मधेस आन्दोलनमा सजाय काटी रहेकाको मुद्दा फिर्ता समेत लिए ।

ओलीले संसदमा विश्वासको मत लिने समय नजिकिदैं गर्दाँ महन्त ठाकुर र राजेन्द्र महत्तोमा समेत तिक्तता देखिएको थियो । भने एमालेको नेपाल- खनाल समुहका सांसदले राजीनामा गरेरै भएपनि ओलीलाई विश्वासको मत दिन नसक्ने वातावरण तयार पार्न थालेपछि ठाकुरको सहयोगले समेत ओलीलाई विश्वासको नपुग्ने देखिएको थियो ।

यही विचमा जसपा विभाजनको अवस्था आएको भन्दै नेताहरुविच आज पुन छलफल भएको थियो । छलफल पछि पार्टीले कुनै ह्विप नलगाउने निर्णय गर्यो र सांसदहरुलाई स्वविवेक प्रयोग गर्न सक्ने अधिकार दिएसंगै पार्टी विभाजनको संघारबाट बचेको छ ।

यस्तो अवस्थामा ठाकुर र महत्तो निकट नेताहरु तटस्थ रहने तथा यादव र भट्टराई निकट नेताहरु ओलीको विपक्षमा मतदान गर्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *