ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

जनप्रतिनिधि हुन त शर्मा जस्ता

काठमाडौं वैशाख २६ । पछिल्लो समय नेपालमा सवै भन्दाँ धेरै चर्चा हुने विषय कि त कोरोना कि त राजनीति बनेको छ ।

आम जनताहरु कोरोना महामारीसंगै रोजिरोटी के गर्ने भन्ने अन्योलमा हुदाँ ति जनताको सेवक भन्दै भोटबाट जितेर गएका जनप्रतिनिधि भने कुर्सी दिक्क लाग्दो खेलमा छन् ।  तर केही जनप्रतिनिधि भने समाजमा उदाहरणिय काम गरिरहेका छन् ।

केही स्थानिय तहका प्रमुख उपप्रमुख आफुले प्रयोग गर्ने सवारी साधनलाई एम्बुलेन्सको रुपमा रुपान्तरण गर्दैं आफु पैदलै विरामीको घर घरमा पुगिरेका छन् भने केही जनप्रतिनिधिहरु आफ्ना मतदाता रोगले नमरुन भन्दैं अस्पताल निर्माण, वेड व्यवस्थापन, अक्सिजन जोहो गर्न लागि परेका छन् ।

पूर्व मन्त्री जनार्दन शर्मा केही समय यता काठमाडौंमा भेटिदैनन् । नेकपा विभाजन पछि पुर्ववत एमाले र माओवादी केन्द्र बनेपछि नयाँ सरकारो जोडघटाउ तिव्र छ । त्यसैले धेरैले शर्मा आगामी मन्त्रीका लागि कतै शक्ति केन्द्र धाइरहेका होलान् भन्ने अनुमान गरिरहेका छन् ।

तर शर्मा भने त्यो राजनीति भन्दा केही पर आफ्ना मतदाताको जिवन रक्षामा तल्लिन छन् । कहिले अस्पताल निर्माणका लागि इटा बोकिरहेका हुन्छ त कहिले अक्सीजनका खाली सिलिण्डर बोकी रहेका हुन्छन् ।

पूर्व मन्त्री तथा सांसदका हिसावले कहिले कोरोना व्यवस्थापन संवन्धि समायोजनामा भेटिन्छन् त कहिले विरामी भेट्न अस्पतालको शैयामा भेटिन्छन् ।

पश्चिम रुकुमका सांसद शर्मा पछिल्लो समय आफ्नै निर्वाचन क्षेत्रमा मतदाताको समस्या बुझ्न र समाधान गर्न लागि परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *