ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज वैशाख २६ गते आइतबार तपाईको राशिफल

आज मिति २०७८ साल बैशाख २६ गते आइतबार तदनुसार सन २०२१ मे महिनाको ९ तारिख, बैशाख कृष्णपक्ष, वसन्त रितु, उत्तरायण सुर्य, रेवती नक्षत्र, त्रयोदशी तिथी, प्रिति योग, गर करण, आज चन्द«मा बेलुका ६ बजेर २६ मिनेटसम्म मीन राशीमा रहनेछ, आज सूर्योदय बिहान ५ बजेर २१ मिनेटमा भयो भने सूर्यास्त बेलुकी ६ बजेर ४१ मिनेटमा हुनेछ । विशेष कार्यहरु शुरु गर्नको लागि आजको शुभ समय बिहानको ११ बजेर ३४ मिनेटबाट १२ बजेर २७ मिनेटसम्म रहनेछ  । आजको राहूकाल दिउँसोको ५ बजेर १ मिनेटबाट ६ बजेर ४१ मिनेटसम्म रहनेछ

मेष राशी

बेलुका ७ बजेसम्म दिन प्रतिकुल रहने छ, मेहनत अनुसार उपलब्धि कम हुने खालको दिन छ, मानसिक खिन्नता हुने, गरेका कार्यहरुमा बाधा आउने, धनको अभाव महसुस हुने वा अत्यधिक खर्च हुने, आलस्य वा थकानले पनि सताउन सक्छ, शारिरिक कष्ट, पराक्रममा कमी आउने । आलस्य बढने । खर्चमा वृद्धि । पारिवारिक कलह वा नजिकका मानिसहरुबाट अपमान बेहोर्नु पर्ने, कसै कसैलाई शोक पर्न सक्ने वा विछोडिनु पर्ने पनि हुन सक्छ । हानी नोक्सानी, दुर्घटना हुनसक्ने भएकोले यात्रा गर्दा विशेष सावधानी राख्नुहोला, संक्रामक रोगहरुबाट बच्नुपर्ने दिन छ । विद्यार्थीहरुको लागि समय कठिन छ ।

वृष राशी

बेलुकी सम्म दिन शुभ रहने छ, उत्तम कुराहरुको प्राप्ति, धनको वृद्धि वा धन लाभ, मान सम्मान, उत्तम भोजन, बन्धुसुख, स्त्रि सुख, कुटुम्बहरुसँग भेटघाट हुने अथवा उनीहरुले सहयोग गर्ने, साथै मित्र तथा भाइ बहिनीहरुको साथ र सहयोग पाइने । भोग विलासमा समय बित्ने, रमाइलो बसिवियाँलो हुने वा मिठो खानपानमा सरीक हुनुको साथै कुनै कुरा पाइने सम्भावना बन्न सक्छ, साथै भए गरेका कार्यहरुले सफलता र प्रशंसा दिलाउँनेछ , कसै कसैलाई आय वृद्धि को बाटो फेला पर्न सक्छ, नयाँ काम, पद वा फरक जिम्मेवारी प्राप्तिको योग पनि छ, प्रेमी जोडीहरुको लागि दिन रमाइलो रहनेछ, अविवाहितहरु हुनुहुन्छ भने विवाह सम्बन्धि कुरा चल्ने वा कुरा अगाडि बढाउने राम्रो समय चलेको छ, खुद्रा व्यापारीहरुलाई दिन अनुकुल छ, भने लगानी गर्दा हुन्छ ।

मिथुन राशी

दिन शुभ रहनेछ । प्रयास गरिरहनु भएको छ भने रोजगार, नोकरी वा व्यवसायको क्षेत्रमा सोचे अनूरुप हुन सक्छ । कर्म क्षेत्रमा मानसम्मान, किर्ति प्रशंसा प्राप्त हुने योग बनेको छ । ईच्छित फल पाउने सम्भावना बनेको छ । अडकिएको धन वा कार्य सम्बन्धि शुभ समाचार आउन सक्छन् । भौतिक सुख को साथै पारिवारीक सुख प्राप्त हुने खालको दिन रहनेछ। आफुले मान्नु पर्नेहरुको सहयोग अथवा सरकारी सहयोग लिँदा काम बन्ने योग छ । स्वास्थ्यको भने विशेष ख्याल राख्नु होला । विद्यार्थिहरुको लागि समय राम्रो छ । अनलाईन पढाई परिक्षा प्रतियोगितामा सफलता पाइनेछ ।

कर्कट राशी

बेलुका सम्म समय अनूकूल छैन । पारिवारिक सुखमा कमी आउने, सामाजिक क्षेत्रमा अपमान हुन सक्ने, मान प्रतिष्ठामा धक्का लाग्ने । भाग्यमा अवरोध आएको महसुस हुने,। स्थाइ सम्पत्ति सम्बन्धि विवाद हुन सक्ने वा बिना कारण झगडा हुने, सरकारी झमेला वा नसोचेको दोष लाग्ने सम्भावना छ । स्वास्थयको विषेश ख्याल राख्नु होला । रोग व्याधिले सताउने योग छ । मित्रहरु, नजिकका मान्छे वा आफन्तहरुसँग मनमुटाव हुन सक्ने भएकोले ७ बजेसम्म विवाद नगर्नु होला । पार्टनरशीप तथा व्यवसायमा हुनुहुनु हुन्छ भने अन्डरस्टिमेट नगर्नुृहोला समस्या आउन सक्नेछ ।

सिंह राशी

सावधान हुनु पर्ने दिन छ, भय तथा चिन्ता पर्ने, व्यर्थको श्रम, मानसिक तनाव, शारिरिक पीडा, अस्थिरता र मतिभ्रम, आफन्तजनमा कलह तथा मनमुटावको अवस्था आउने, भय, अपमान, मित्र घात हुन सक्ने सम्भावना छ ।  धन हानी वा धनको दुरुपयोग भइ कार्यमा बिध्नबाधा, कष्टदायी भ्रमण दुर्घटना तथा चोटपटक को सम्भावना पनि छ, कुनै असामाजिक वा गैरकानुनी घटनामा मुछिने वा अरुको षडयन्त्रको शिकार हुनुपर्ने अवस्था नआउला भन्न सकिन्न, सचेत रहनु होला, पुरानो क्षुद्र रोग बल्झने सम्भावना भएकोले स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ ।

कन्या राशी

बेलुका ७ बजेसम्म दिन सुखद रहनेछ, लाभकारक तथा सुखदायी स्थिती बन्ने । आर्थिक लाभ, कार्य क्षेत्रसँग सम्बन्धित लाभको सम्भावना छ,  अरुबाट मान सम्मान, प्रशंसा, कदर आदि प्राप्त हुने । पूजा, अनुष्ठान वा अध्यात्ममा रुचि बढने, उत्तम निद्रा तथा विशेष परिकारजन्य भोजन हुने, धनको वृद्धि, स्त्रिवर्गसँग प्रेम, दाम्पत्य सम्बन्ध सुमधुर बन्ने तथा वैवाहिक सुखको प्राप्तिको योग छ,  भाइ अथवा कम उमेरको मानिसबाट लाभ हुने वा उनीहरुले सहयोग गर्नेछन्, स्वास्थ्य उत्तम रहने वा रोगव्याधिको असरमा सुधार आउने, व्यवसायमा साझेदारीको लागि तथा अनलाइन व्यापारको लागि राम्रो दिन छ, लगानीलाई पनि दिन अनुकुल छ ।

तुला राशी

दिन प्रसन्न बनाउने खालको छ, ग्रहहरुले साथ दिनेछन । मानसिक तनावमा कमी आउने, सुख सन्तोषको प्राप्ति, रिस गर्नेहरु माथि विजय प्राप्त हुने, आर्थिक लाभ तथा भौतिक सुखको प्राप्ति, शत्रु बाधाबाट मुक्ति मिल्ने, रोग माथि विजय, चाहेको वा मनपरेको मान्छेसँग भलाकुसारी हुने वा सोसल मिडियामा च्याट हुने सम्भावना छ, प्रेम सम्बन्धमा मधुरता आउने । पारिवारिक सुखमा वृद्धि हुने । कार्य क्षेत्रको गतिरोध हटने, शारिरिक निरोगिताको साथै बिरामी हुनुहुन्छ भने स्वास्थ्य अवस्था सुधारोन्मुख रहने छ , अरुसँगको सहकार्य, भेटघाट, वार्तालाप बाट लाभ प्राप्त हुनुको साथै अरुबाट मान प्रशंसा पाइने योग बनेको छ, विद्यार्थीहरुलाइ समय राम्रो छ, खर्चमा भने नियन्त्रण राख्नुहोला ।

वृश्चिक राशी

बेलुका सम्म दिन प्रतिकुल रहनेछ, बिध्न बाधाहरुले गर्दा हैरान हुनु पर्ने, निरिह वा विवश  हुनुपर्ने अवस्था आउन सक्छ, मन अशान्त रहने, सोचे गरेका कार्यहरुमा बिध्न बाधाहरु तेर्सिने, बेकारमा दुख पाइने, धन वा कुनै मनपरेको कुरा गुमाउनु पर्ने अथवा अपयशको भागि हुनु पर्ने सम्मको योग देखिएको छ । कुनै विशेष कुराको हकमा धन को अभाव महसुस हुनेछ,  स्वास्थ्यको विषयमा आज हेलचेक्रयाइ नगर्नु होला,। मुड बिग्रेर, झर्किने वा झोक्किरहने सम्मको अवस्था बन्न सक्छ,  तामसिक भोजन, मासांहार भोजनको आज त्याग गर्नु होला । अनावश्यक सम्पर्क र बोलचाल र कुनै पनि कुराको आसक्तिको कारणले दुख पाइने सम्भावना छ । कसै कसैलाई भने शोक पर्ने घटना पनि हुन सक्छ । सचेत रहनु होला ।

धनु राशी

दिन प्रतिकुल रहनेछ, आत्मविश्वासमा कमी आउने अवस्थाबाट गुज्रिनु पर्ने हुन सक्छ, आज चित्त चन्चल रहने छ, निरर्थक भय, चिन्ता र बेचैनिले ग्रस्त भइने, कार्यहरुमा हानी वा विलम्ब, धनको खती, भौतिक, पारिवारिक तथा मानसिक सुखमा कमी आउने सम्भावना बनेकोले सावधान रहनु पर्नेछ । आफन्त, बन्धु बान्धवलाइ पीडा हुने वा आफन्त तथा नजीककाहरुसँग मनमुटाव वा विवाद हुने अवस्था भएकोले सचेत रहनु होला । शारिरिक अस्वस्थता, पीडा वा कमजोरील सताउन सक्छ, खानपान तथा निद्रामा असुविधा, श्वासप्रश्वास, छाती वा छातीजन्य समस्या आउन सक्ने भएकोले आज र भोलि सावधानी अपनाउनु होला।

मकर राशी

बेलुका सम्म दिन राम्रो रहनेछ, भाग्यले साथ दिनेछ । जोश जाँगरमा वृद्धि भइ आत्मविश्वास बढने, गरेका कार्यहरु सम्पन्न हुने, आर्थिक पक्षमा सुधार देखा पर्ने, धन, द्रव्य, वा भौतिक वस्तुको लाभ वा खरिद हुने, साथीभाइ तथा अन्य सहकर्मीहरुबाट सहयोग मिल्नुको साथै आफन्तजनसँग सम्बन्ध राम्रो हुने खालको दिन छ , सदुपयोग भने गर्नुहोला ।  नोकरीमा पदोन्नति वा स्थाननन्तरण वा थप जिम्मेवारीको योग बनेको छ । स्वास्थ्य स्थिती राम्रो रहनुको साथै दीर्घ रोगिहरुले निरोगिता प्राप्त गर्नेछन, सकारात्मक वा चिताएको व्यक्तिहरुसँग सम्पर्क बढनुको साथै मित्र तथा स्त्रिवर्गबाट सहयोग तथा सुख पाइने छ । दाम्पत्य सुख तथा प्रेम सम्बन्धको  लागि दिन राम्रो रहने छ ।

कुम्भ राशी

बेलुकासम्म दिन अनुकुल नहुन सक्छ , मानसिक असन्तोष, आँखा मुख अनुहार दाँत सम्बन्धि समस्या, खर्च बढी, गृह कलह, उचित मान सम्मान नमिल्ने, रिस गर्नेहरु बढने, कार्यहरुमा बाधा विलम्ब आउने वा गरेको काम सफल नहुने जस्ता प्रतिकुलताहरु घटन सक्छन् । स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ । संक्रामक रोगव्याधिले सताउनुको साथै नेत्र सम्बन्धि रोग तथा खानपानमा समस्या देखा पर्ने भएकोले सावधान हुनुपर्नेछ । कुटुम्बहरुसँग मनमुटाव हुने स्थिति बाट बच्नु पर्नेछ । मनमा आउने खराब विचारहरुले आज मानसिक अस्थिरता ल्याउन सकछ । विद्यार्थीहरुलाई पढाइमा मन नलाग्न सक्छ ।

मीन राशी

बेलुका सम्म दिन राम्रो रहने छ , चिताएको पुग्ने, मन प्रसन्न हुने, सकारात्मक विचारले मनोबल बढने,  धन लाभ हुने, गरेका कार्यहरुमा विजय प्राप्ति, स्थान लाभ, रोगनाश, मित्र सहयोग, कार्य सफलता, धातु, अन्न तथा वस्त्र लाभ हुने तथा शत्रुहरु पराजित हुनेछन्, भौतिक सुख, उत्तम भोजन तथा निद्रा सुख, आदर सत्कार, मान सम्मान प्रशंसा प्राप्त हुनुको साथै कुटुम्ब, मित्र तथा सहकर्मीहरुसँग सुमधुर र फलदायी वार्तालाप हुने खालको दिन छ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *