ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

स्वास्थ्य मन्त्रालयको सिफारिस विना अक्सिजन सिलिण्डर नभर्न उद्योगलाई निर्देशन

काठमाडौं ,वैशाख २५ । काठमाडौं उपत्यकाको अधिकाश अस्पतालहरुमा अक्सिजन सिलिण्डरको अभाव हुन थालिसकेको छ । संक्रमित संख्या बढ्दो र अस्पतालमा अक्सिजन अभााव हुन थालेपछि स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकाका अक्सिजन उत्पादक उद्योगहरुलाई स्वास्थ्य मन्त्रालयको सिफारीस विना एउटा पनि सिलिण्डरमा ग्यास नभर्न सुचना नै जारी गरेको छ ।

उपत्यका भित्र रहेका ९ बटा अक्सिजन उद्योग र अक्सिजन सप्लायर्सहरुलाई मन्त्रालयले सुचना पठाउदै कोभिड-१९ महामारी दिन प्रतिदिन तिव्र फैलिदै गएको र अधिकाश बिरामीलाई अक्सिजन चाहिने भएकोले मन्त्रालयको सिफारीस विना कुनैपनि सरकारी, सामुदायिक र निजी अस्पतालहरुलाई ग्यास सिलिण्डर भरी विक्रि वितरण नगर्न निर्देशन दिएक‍ हो ।

मन्त्रालयका निती योजना तथा अनुगमन महाशाखाका प्रमुख डा गुणराज लोहनीको हस्ताक्षरमा पठाइएको पत्रमा अक्सिजन विक्रि वितरणलाई थप प्रभावकारी बनाउन यो कदम चालिएको बताइएको छ । पत्रमा मन्त्रालयको सिफारीस विना सिलिण्डर भरी विक्रि वितरण गरेको पाइएमा कार्वाही गरीने समेत उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *