ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

शहीदनगर नगरपालिकाका प्रमुखले आफूले चढ्ने गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने

जनकपुरधाम,वैशाख २५ । धनुषाको शहीदनगर नगरपालिकाका प्रमुखले आफूले चढ्दै आएको सवारीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने भएका छन् ।

शहीद नगरका प्रमुख उदय बरबरिया यादवले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै आफुले प्रयोग गर्दै आएको प्रदेश २–०२–००१ झ–०००१ नम्बरको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ “कोरोनाले आक्रान्त जनताको सेवालाई सर्वाेपरी ठानेर नगरभित्रका कोरोना संक्रमितलाई अस्पतालसम्म र अस्पतालबाट घरसम्म पु¥याउनका लागि आफू चढ्दै आएको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिईने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *