ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना नियन्त्रणमा सवै शक्ति प्रयोग गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं वैशाख २५ । सरकारले कोरोना नियन्त्रणमा अधिकतम् स्रोत साधन परिचालन गर्ने निर्णय गरेको छ ।

शनिवार साँझ बसेको मन्त्रिपरिषद बैठकले कोरोना रोकथाम र नियन्त्रण गर्न राज्यका स्रोत साधन र संयन्त्रहरु प्रभावकारी ढंगले परिचालन गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।

‘कोरोना रोकथाममा सबै युद्धस्तरमा लाग्ने भन्ने निर्णय भएको छ । त्यसमा अस्पतालहरूको व्यवस्थापनदेखि अक्सिजन, भेन्टिलेटर लगायतको व्यवस्थापन गर्ने तथा महामारीका विरुद्धमा लड्न सबै मन्त्रालयको भूमिकाको आवश्यकतामाथि समिक्षा भएको छ’, मन्त्री त्रिपाठीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *