ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

त्रिवि शिक्षण अस्पतालमा १० वटा भेन्टिलेटर थपियो काठमाडौँ महानगरपालिकाको साथ अस्पतालाई

काठमाडौं २५, बैशाख । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई काठमाडौँ महानगरपालिकाको सक्रियतामा १० वटा भेन्टिलेटर उपलब्ध गराईएको छ ।

महानगरका मेयर विद्या सुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी र वडा नम्बर ३ का अध्यक्ष शनिबार अस्पताल परिसर पुगी भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।

काठमाडौँ महानगरपालिकाले भेन्टिलेटरको अभावमा कोभिड संक्रमितको उपचारका लागि समस्या परेको समाचार आइरहेका बेला महानगरले १० वटा भेन्टिलेटर सहयोग गरेको हो ।

मेयर शाक्यले अदृश्य शक्तिको रुपमा अगाडि आएको कोभिड १९ विरुद्ध लडाईमा सबै नेपाली एकजुट भएर लाग्नुपर्ने र महानगरको सक्रियता बढाउँदै जाने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *