ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

काठमाडौंका अस्पतालहरु भन्छन्- अक्सिजन छैन, कोरोनाका नयाँ विरामी लिन सक्दैनौ

काठमाडौं वैशाख २५ । काठमाडौंका चार अस्पतालले मेडिकल अक्सिजन ग्यास अभावको भएको भन्दै नयाँ विरामी लिन नसक्ने जनाएका छन् ।

शनिवार सम्युक्त विज्ञप्ती जारि गर्दै मेडिकेयर अस्पताल लिमिटेड, नेपाल भारत मैत्री अस्पताल, दिर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टर र हेल्पिङ हेण्डस् सामुदायिक अस्पतालले उपचारमा असमर्थ रहेको जनाएका हुन्।

उनीहरुले अक्सिजनको बैकल्पिक व्यवस्था गर्न असहज भएको भन्दै नयाँ विरामी लिन नसक्ने अवस्था आएको बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *