ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

दोलखाको भिमेश्वर मन्दिरको शिलामा पसिना आयो, मुलुकमा अनिष्ट हुने संकेत

काठमाडौं,वैशाख २५ । दोलखास्थित भिमेश्वर मन्दिरको शीलामा पुन पसिना आएको छ । भीमेश्वर मन्दिरको शिलामा पसिना आए मुलुकमा अनिष्ट हुने धार्मिक मान्यता रहेको छ ।

मन्दिर व्यवस्थापन समितिका अनुसार आज दिउँसो १ बजे मन्दिरको शिलामा पसिना आएको थियो । शिलामा पसिना आएलगत्तै स्थानीय प्रशासनले खबर गरेपछि प्रमुख जिल्ल अधिकारी पनि भिमेश्वर मन्दिर पुगेका थिए ।उनीसँगै जिल्ला सुरक्षा समितिका अधिकारीहरु पनि त्यहाँ पुगेका थिए ।

बिगतमा पनि शिलामा पसिना आएपछि क्षमा पूजा गर्ने प्रचलन रहि आएको छ । उक्त पसिना आएपछि नेपालमा कोरोना महामारी फैलिएका जनविश्वस छ । त्यस्तैगरी २०७२ को महाभूकम्प आउनु अघि पनि भिमेश्वर मन्दिरमा पसिना आएको थियो ।

त्यस्तैगरी २००७, २०४६, सालको राजनीतिक परिवर्तन, २०६२, ६३ को जनआान्दोलन, दरबार हत्याकाण्ड, १९९० सालको महाभूकम्प र २०७२ को महाभूकम्प लगायतका घटना अघि शिलाबाट पसिना आएको स्थानीय तथा त्यहाँका पूजारीहरु बताउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *