ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कैलालीमा एकैदिन कोरोना संक्रमणबाट ९ जनाको मृत्यु

कैलाली,बैशाख २५ l कैलालीमा पछिल्लो समय मृत्यु हुनेदर बढ्दो छ । गत चौबीस घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल र निजी अस्पतालमा उपचाररत समेत गरेर २४ घण्टामा ९ जनाको मृत्यु भएको स्थानीय प्रशासनले बताएको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारीका अनुशार धनगढी उपमहानगरपालिकाका ५ जना, बर्दगोरिया गाउँपालिकाका २ जना, लम्कीचुहा नगरपालिकाका १ जना, कञ्चनपुरको पुनर्वास नगरपालिकाका १ जनाको मृत्यु भएको जानकारी दिए ।

धनगढी उपमहानगरपालिका– १ का ५० वर्षीय पुरुष, वडा नम्बर ३ का ६१ वर्षीय पुरुष, वडा नम्बर ४ का ८१ वर्षीय पुरुष, वडा नम्बर ५ का ४३ वर्षीय पुरुष र वडा नम्बर १२ की ५० वर्षीया महिलाको मृत्यु भएको जोशीले बताए ।

बर्दगोरिया गाउँपालिका २ का ५७ वर्षीय पुरुष र ६ का ६१ वर्षीय पुरुष, लम्कीचुहा नगरपालिका–६ का ४२ वर्षीय पुरुष र कञ्चनपुरको पुनर्वास नगरपालिका–११ का ८६ वर्षीय पुरुषको मृत्यु भएको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *