ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोभ्याक्समार्फत आउने खोप छिटो उपलब्ध गराउन संयुक्त राष्ट्रसंघलाई उपप्रधानमन्त्रीको आग्रह

काठमाडौं,वैशाख २५ ।नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग आज भएको टेलिफोन संवादमा उपप्रधानमन्त्री पोखरेलले विश्व स्वास्थ्यसंगठन डब्लुएचओ मार्फत नेपालले पाउने कोभ्याक्स फ्यासेलीटस अन्तरगतको खोप सक्दो छिटो नेपाल ल्याउनका लागि सहजीकरण गरिदिन आग्रह गर्नुभएको छ ।

कोभ्याक्स सुविधा अन्तर्गत नेपालले पाउने कोभिड–१९ विरुद्वको खोप सक्दो छिटो उपलब्ध गराउन संयुक्त राष्ट्रसंघलाइ अनुरोध गर्न भएको छ । कोरोना भाइरसको तीव्र फैलावट रोक्ने एउटै मात्र उपाय भनेको खोप होरहेकोले त्यसको लागी नेपालले कोभ्याक्स अन्तरगत प्राप्त गर्ने खोपमा संयुक्त राष्ट्रसंघको सहजीकरणको अपेक्षा गरेको उपप्रधानमन्त्री पोखरेलले बताए ।

यसका साथै भेन्लिटेलर, पीपीई, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सेन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि, खोप र खोपसँगसम्बन्धित सामाग्री, अस्थायी अस्पताल स्थापनाका लागि आवश्यक पुर्वाधार र आवश्यक विज्ञ जनशक्ति लगायतका विषयमा नेपालले सहयोगको अपेक्षा गरेको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *