ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोनाका कारण बाँके र दाङमा ६ जनाको मृत्यु

काठमाडौं,वैशाख २५ । बाँकेमा उपचाररत पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चार जना बाँकेका र एक जना बर्दियाका छन् । त्यस्तै दाङको बेलझुण्डी कोरोना विशेष अस्पतालमा एक जना संक्रमितको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१४ की ३८ वर्षीया महिलाको शनिबार भेरी अस्पतालमा मृत्यु भएको छ । भनेयसैगरी नेपालगञ्ज उपमहानगरपालिका १० की ३८ वर्षीय महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा आज मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका १ बाँकेका ६४ वर्षीय पुरुषको शुक्रबार बेलुकी ८ बजे र नेपालगञ्ज उपमहानगरपालिका १२ बाँकेका ६७ वर्षीय पुरुषको शुक्रबार अपराह्नमा भेरी अस्पतालमा मृत्यु भएको छ ।यसैगरी बर्दियाको बढैयाताल–७ घर भएका ५२ वर्षीय पुरुषको शुक्रबार साँझ ७ बजे भेरी अस्पतालमा मृत्यु भएको छ ।

त्यस्तै दाङको बेलझुण्डी कोरोना विशेष अस्पतालमा एक जना संक्रमितको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का ६७ वर्षीय पुरूषको उपचारको क्रममा मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *