ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विश्व स्वास्थ संगठनले चीनीयाँ खोप भेरोसेललाई दियो आपतकालीन प्रयोगको अनुमति

काठमाडौं,वैशाख २५ । चिनियाँ कम्पनी सिनोफार्मबाट उत्पादित कोरोना विरुद्धको खोप भेरोसेललाई विश्व स्वास्थ्य संगठनले आपतकालीन प्रयोगको अनुमति दिएको छ ।

अफ्रिका, ल्याटिन अमेरिका र एसियाका धेरै देशहरूले यसअघि नै आपतकालीन प्रयोगका लागि य‍ो खोप आफ्ना नागरिक लाई लगाउन अनुमति दिइ सकेका छन् ।

यसअघि डब्ल्यूएचओले फाइजर, एस्ट्राजेनेका, जोनसन एण्ड जोनसन र मोर्डना कम्पनीको कोभिड भ्याक्सिनलाई मात्र प्रयोग अनुमति दिएको थियो ।भने डब्ल्यूएचओले गैर–पश्चिमी देशमा निर्मित कोभिड भ्याक्सिनलाई पहिलोपटक अनुमति दिएको हो ।

यो भ्याक्सिन चीन र विश्वभर करोडौं मानिसहरूलाई यसअघि नै लगाइसकिएको छ । चिनियाँ औषधी कम्पनी सिनोभ्याकको भ्याक्सिनलाई पनि केही दिनभित्रै आपतकालीन प्रयोग अनुमति दिनसक्ने जनाएको छ । हाल विश्वभर कोभिड विरुद्धका खोपहरु बन्ने र अन्तिम परीक्षणका लागि तयार भइरहेका डब्लुएचओले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *