ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज वैशाख २५ गते शनिवार तपाईको राशिफल

आज मिति २०७८ साल बैशाख २५ गते शनिबार तदनुसार सन २०२१ मे महिनाको ८ तारिख, बैशाख कृष्णपक्ष, वसन्त रितु, उत्तरायण सुर्य, उत्तरभाद्र नक्षत्र, व्दादशी तिथी, बिस्कुम्भ योग, कौलब करण, आज चन्द«मा मीन राशीमा रहनेछ, आज सूर्योदय बिहान ५ बजेर २१ मिनेटमा भयो भने सूर्यास्त बेलुकी ६ बजेर ४१ मिनेटमा हुनेछ । विशेष कार्यहरु गर्नको लागि आजको शुभ समय बिहानको ११ बजेर ३४ मिनेटबाट १२ बजेर २७ मिनेटसम्म रहनेछ  भने दिउँसो १ बजेर ४५ मिनेटबाट बेलुकी ५ बजेसम्म रहनेछ । आजको राहूकाल बिहानको ८ बजेर ४० मिनेटबाट १० बजेर २० मिनेटसम्म रहनेछ ।

मेष राशी

सावधानी अपनाउनु पर्ने खालको दिन छ । शारिरिक कष्ट पाइने, प्रत्येक कार्यमा बाधा व्यवधान आउने,  अनावश्यक खर्च वा धनको दुरुपयोग गराउने, अल्छी हुन मन लाग्ने, मनमा ईष्र्याको भावना आउने,सन्तान अथवा स्त्रिप्रति क्रोध गर्न मन लाग्ने, पित्त विकार, दाँत, आँखा अनुहारमा समस्या आउन सक्ने,  आफन्त तथा कुटुम्बव्दारा अनादर प्राप्त हुन सक्छ, विद्यार्थीवर्गलाई पढाइ लेखाइमा बाधा हुनेछ । कसै कसैलाई अस्पताल जानु पर्ने वा बस्नु पर्ने भएकोले सावधान रहनु होला । कडा बोली वा प्याच्च भन्ने बानी छ भने हटाउनु होला ।

वृष राशी

दिन अनुकुल छ , ससाना उपलब्धिहरु प्राप्त हुने योग बनेको छ, आयस्रोत सम्बन्धि सुखद परिस्थिती निर्माण हुन सक्ने,  घरायसी वा स्थाइ बस्तुहरुको खरीद वा प्राप्ति हुने, अरुबाट खुशी पाइने, मानसम्मानमा बृद्धि, गरेका कार्यमा सफलता, मित्रहरु अथवा नजीकका व्यक्तिहरुसँग समय बित्ने, अथवा उनीहरुसँग सोसल मिडियामा कुराकानी हुने, प्रेम मिलनलाइ दिन राम्रो रहने छ, वैवाहिक सुख सुखद हुनुको साथै स्त्रिवर्गबाट सुख पाइने योग छ ।

मिथुन राशी

दिन राम्रो छ, प्रगतिका अवसरहरु आउने छन्, चिताएका कामहरुमा सफलता पाइने छ , राज्य संयत्र वा उच्च अधिकारीहरुको सहयोग रहने । नयाँ नयाँ विचार प्रस्फुटनले आत्मविश्वास बढाउने छ, आफ्नो दबदबा बढने वा नयाँ अधिकार प्राप्त हुने, आँटेका गरेका कामहरु बन्ने, कर्म क्षेत्रमा तँपाइको कदर हुन सक्ने, प्रयास गरेमा सबैलाई समेटदै महत्वपूर्ण कार्यहरु सम्पन्न हुने योग बनेको छ , पारिवारिक खुशी, पत्नि र सन्तानहरुबाट माया सुख प्राप्त हुन सक्ने । स्वास्थ्य राम्रो रहने, बौद्धिक, आध्यात्मिक धार्मिक विषयतर्फ रुचि जान सक्ने, रमाइलो भलाकुसारी र मिठो खानपान हुने सम्भावना बनेको छ । गर्भवतिहरुले  भने विशेष सावधानी अपनाउनुहोला ।

कर्कट राशी

मेहनत गरे अनुसार फल प्राप्त नहुन सक्छ, कुनै कुराले मन बेचैन गराउने छ, मानसिक तनाव बढने, वादविवाद वा मनमुटाव बढने, धनको अनावश्यक क्षय, अरुबाट पिडा प्राप्त हुने, कष्ट पाइने, परिस्थितीको बन्धनमा बाँधिएको महसुस हुनेछ, जागिरमा हुने हरुलाइ उच्चाधिकारीहरुबाट समस्या आउने वा मानभंग हुने खालको अवस्था नआउला भन्न सकिँदैन, कसै कसैलाई पद तथा जिम्मेवारी हेरफेर हुने वा मुक्त सम्म हुने सम्मको अवस्था आउन सक्छ , मmगडा, कानूनी झमेला, सरकारी दन्ड जरिवाना जस्ता प्रतिकुलताहरु आउन सक्छन् । स्वास्थ्य सम्बन्धि समस्याहरु आउने सम्भावना छ । दीर्घ रोगीहरुले तथा पेटसम्बन्धि कुनै पुरानो रोग हुनेहरुले विशेष सावधान हुनु होला।

सिंह राशी

दिन समस्याग्रस्त हुन सक्नेछ, मानसिक धपेडि, चिन्ता, अत्यधिक खर्च, स्वास्थ्य स्थिति बिग्रन सक्ने, ज्वरोे घाउ चोट दुर्घटना वा रक्तस्रावको सम्भावना भएकोले सावधानी अपनाउनु होला, नियमित खानपानमा गडबडी र समस्या आउन सक्ने, धन हानी, मान सम्मानमा आघात, शत्रुवृद्धि, धर्मकर्मबाट विमुखता, कुटुम्ब,बन्धुबान्धव अथवा मित्रवर्गसँग विवाद, पारिवारिक तथा दाम्पत्य सुखमा कमी, व्यापार व्यवसायमा बाधा जस्ता अनिष्ट फलहरुबाट आज बच्ने प्रयास गर्नुहोला ।

कन्या राशी

समय  उत्तम रहने छ  । शत्रु बाधा हटने, कार्यमा सफलता, आर्थिक लाभ, सवारी सुख, वैवाहिक सुख, अचानक लगानीे वा धन प्राप्ति, रति सुखको प्राप्ति, पाहुना सत्कार र उत्तम खानपानमा समय बित्ने, सन्तानको प्रगति, बन्धुजनबाट सुख मिल्नुको साथै मांगलिक कार्यहरु हुन सक्नेछन । प्रेम सम्बन्धमा सुखद अवसर प्राप्त हुने, विदेशमा हुनेहरुसँग कुराकानी हुने वा सोसल मिडीया मार्फत जोडीने सम्भावना छ । खराब व्यक्तिहरुको सम्पर्क बाट भने आज जोगिनु होला,

तुला राशी

दिन अनुकुल रहनेछ । आत्मविश्वास बढने, मन प्रफुल्ल हुने, अप्ठयारो कुराहरुबाट विजय प्राप्त हुने, आदर सम्मानको पाइने, आँटेको काम पुग्ने, दीर्घरोगहरुबाट आरोग्यता प्राप्ति, विरोधिहरु निस्तेज हुनेछन, घरमै आनन्द र रमाइलोमा समय बित्ने, गरेका कार्यहरुमा सफलता प्राप्त हुने योग छ । आर्थिक पक्ष बलियो हुने, व्यापार व्यवसायमा लाभ को साथै लगानीको लागि दिन राम्रो रहेको छ । ऋण खोज्ने हरुको लागि रिन लाभ हुने योग चलेको छ प्रयास गर्नुहोला । विद्यार्थीहरुको लागि अनलाइन परिक्षा प्रतियोगीतामा परिणाम राम्रो हुने बेला चलेको छ । अनावश्यक व्यक्तिहरुसँगको सम्पर्क, क्रोध तथा  अनावश्यक खर्च, यी तीनवटा चाँही आजको लागि बच्नु पर्ने मूख्य कुराहरु हुन् ।

वृश्चिक राशी

दिन प्रतिकुल छ, बिना कारण अलमलिएर समय बित्न सक्छ, शारिरिक दुर्बलता, आफन्त हानी, कुटुम्ब विवाद, मन अशान्त हुने, निर्णयहरु गलत हुने वा पटक पटक बदलिरहने, व्यर्थको श्रम गर्नुपर्ने, अनावश्यक खर्च बढने, कार्यमा बाधा, सोचेको काम नबन्ने वा झंझट बेहोर्नु पर्ने, शत्रुले दुख दिन सक्ने वा मित्रहरुको व्यवहार शत्रुवत् बन्न सक्छ,। स्वास्थ्यमा समस्या आउने विशेषत शिर तथा पेटसम्बन्धि समस्या आउन सक्छ, सन्तानको तर्फबाट चिन्ता वा कष्ट पर्ने सम्भावना भएकोले आज सचेत रहनु पर्नेछ । ग्रहले घर बाहिर धकेल्ने योग रहेकोले स्वास्थ्य प्रति विशेष सावधान हुनुहोला।

धनु राशी

दिन अनुकुल नहुन सक्छ , मानसिक चिन्ता पर्ने, आफन्त तथा बन्धुजनलाइ पीडा, आर्थिक हानी, स्थाइ सम्पत्ति सम्बन्धि विवाद वा चिन्ताले सताउने, रोग वा भयले ग्रस्त भइने, शत्रु बाधा, मानहानी, स्थानहानी, अनावश्यक खर्च, दाम्पत्य जीवनमा उतारचढाव, व्यर्थको श्रम तथा कार्य असफल हुने योग भएकोले सावधानी अपनाउनु होला । स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ ,बेसमयमा खाने र सुत्ने बानीले समस्या ल्याउन सक्छ, कसै कसैलाई शारिरिक कष्ट वा छाती सम्बन्धि समस्या बल्झन सक्छ, व्यवसायमा आज गतिरोध रहनेछ ।

मकर राशी

दिन लाभदायक रहनेछ । सोचेअनुसारको कार्य सिद्धि हुने, धन लाभ हुने वा आर्थिक स्थितिमा सुधार आउने छ । सामाजिक एवम् राजकीय प्रतिष्ठा प्राप्ति हुने अथवा अरुले तँपाइको कदर वा प्रशंसा गर्ने योग बनेको छ, शारिरिक स्वास्थ्य उत्तम रहने, दाम्पत्य सुख, मित्र सुख, शत्रु बाधाबाट मुक्ति, वस्त्र लाभ अथवा विशेष रुचिकर भोजन प्राप्त हुने, प्रयास गर्नु भएको खन्डमा आज केही नयाँ सकारात्मक कुरा हुन सक्छ । कसै कसैलाइ भने नयाँ जिम्मेवारी प्राप्त हुने वा पद हेरफेरको सम्भावना छ । ठूलाबडतथा आफूले मान्नु पर्नेहरुको आशिर्वाद र सहयोग पाइने छ । ग्रहले घर बाहिर पठाउने सम्भावना भएकोले रोग व्याधि र संक्रमणबाट भने जोगिनु होला । साना तथा मझौला व्यापार व्यवसायमा लगानी गर्दा राम्रो छ । विद्यार्थीहरुको लागि समय सफलता दिने खालको रहनेछ ,

कुम्भ राशी

मन आज अस्थिर रहन सक्छ अथवा केही कुराले चित्त दुख्न सक्छ । व्यर्थको श्रम, धनको अपव्यय, कार्यमा बाधा, सोचेको काम नबन्ने वा झंझट बेहोर्नु पर्ने ।, पारिवारिक सुखमा कमि आउने, मित्र तथा बन्धुहरुसँग बेमेल हुन सक्छ । अपयशको भागि हुनु पर्ने, अरुले कदर नगर्ने, विवादित भइने वा भूmठो आरोप लाग्ने सम्भावना छ, आज कसैले धोका पनि दिन सक्ने सम्भावना भएकोले सचेत रहनु होला । कसै कसैलाई भरचुअल्ली कुनै कुरामा वा कार्यमा सहभागि भइने तथा ठूलावडाहरुको सम्पर्कमा आउने अवसर प्राप्त हुने सम्भावना छ । लगानीलाई समय प्रतिकूल छ, बोलिको साथै खानपानमा आज अनुशासित रहनु पर्नेछ नत्र समस्या आउने छ । शारिरिक चोटपटक, दुर्घटना आदिबाट सावधान रहनुपर्ने दिन छ, र विवादबाट भने आज सकेसम्म टाढा रहनु होला,

मीन राशी

समय राम्रो रहन सक्छ, सकारात्मक विचार र उत्साहले जोश र जाँगर बढने छ । ग्रहहरुले साथ दिनुको साथै, लाभ, र मान सम्मान दिने योग छ  । उत्तम योजना र राम्रा राम्रा विचारहरु आउनेछन् । फरक खालको वा विशेष परिकार जन्य खानपीन हुनसक्ने, जमघटमा सरीक हुन पाइने, दाम्पत्य सुख, घरायसी सुखमा ध्यान जान सक्ने खालको दिन बन्नेछ ।  मित्रबाट फाइदा हुने, विवाह सम्बन्धि कुराहरु चल्न सक्ने वा चलाउन सकिने बेला छ , कसै कसैलाई स्वास्थ्यको

Leave a Reply

Your email address will not be published. Required fields are marked *