ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ओली नेपाल दुवैको बटमलाईन फागुन २८

काठमाडौं वैशाख २४ ।प्रधानमन्त्री केपी शर्मा ओलीसंगको छलफलमा माधवकुमार नेपाल पक्षका नेताहरुले फागुन २८ लाई बटमलाईन बनाएका छन् ।

एमाले विभाजनको औपचारिक घोषणा हुनमात्र बाकीँ रहेको तथा ओलीले संसदमा विश्वासको मत ल्याउन कठिन भएपछि ओली नेपाललाई फकाउन लागि परेका छन् । सोही अनुसार दुवै पक्षका नेताहरु विच आज छलफल भएको थियो ।

छलफलमा ओली पक्षबाट अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए भने नेपाल पक्षबाट घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट थिए।

नेपाल पक्षले २०७५ जेठ २ को अवस्थालाई आधार मान्नुपर्ने प्रस्ताव दोहोर्‍यायो भने ओली पक्षले फागुन २८ को निर्णयबाट पछि हट्न नसक्ने अडान दोहोर्‍यायो

Leave a Reply

Your email address will not be published. Required fields are marked *