ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा २३ गते मध्यरातिदेखि अन्तरराष्ट्रिय उडान सम्पूर्ण बन्द

काठमाडौं,बैशाख २४ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा २३ गते मध्यरातिदेखि अन्तरराष्ट्रिय उडान रोकिएको छ।

महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरेसंगै आजबाट सबै उडान सेवा बन्द भएका हुन् । मन्त्रिपरिषद बैठकले वैशाख १९ गते जोखिम न्यूनिकरण गर्न आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडान रोक्ने निर्णय गरेको थियो ।

नेपाल र भारतबीच एयर बबल सम्झौता अनुरुप देशबीच सातामा दुई उडान भने हुनेछन् । हवाई उडानबाट नेपाल आउने भारतीय नागरिकले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी १० दिन अनिवार्य होटेल क्वारेन्टिन बस्नुपर्नेछ । उनीहरूका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काठमाडौंका विभिन्न आठ होटल तोकेको छ ।

यस अविधमा चार्टड उद्दार उडान भने स्वास्थ्य मापदण्ड अनुरुप हुने क्यानले जानकारी दिएको छ । चार्टड र उद्धार अन्तरराष्ट्रिय उडानबाट आउने जाने यात्रुको बारकोड र फोटोसहितको पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ । कोभिड महामारीको जोखिम नियन्त्रणका लागि सरकारले गत वैशाख १६ देखि काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा लागु गरेको छ ।

अघिल्लो वर्ष चैत १० देखि आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडान रोकिएको थियो । महामारी घटेपछि गत भदौ १६ गतेबाट अन्तर्राष्ट्रिय तथा असोज ५ गतेदेखि आन्तरिक उडान सञ्चालनमा आएका थिए । यसवर्ष महामारी थप भयावह बनेको भन्दै उडान बन्द गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *