ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज देशका विभिन्न भूभागहरुमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने

काठमाडौं,बैशाख २४ । आज देशका विभिन्न भूभागहरुमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशमा पश्चिमी न्यून चापीय प्रणाली, देशको दक्षिण भूभाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभावले हाल देशभर सामान्यदेखी आंशिक बदली भएको र वर्षा हुने सम्भावना रहेको महाशाखाले बुलेटिन जारी गरेको छ ।

यसैगरी, आज दिउँसो देशका पहाडी भूभागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ साथै दिउँसो देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, राति देशका पहाडी भूभागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने छ । महाशाखाका अनुसार देशका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले छ । हाल प्रि मनसुन प्रणाली सक्रिय भएको हुनाले मौसम प्रभावित भैरहने मौसम पूर्वानुमा महाशाखाले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *