ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सितलनिवासमा ओली र नेपालको मध्यरातको वार्ता,ल्याउला त राजनीतिमा नयाँ मोड ?

काठमाडौं वैशाख २४ । नेकपा एमाले भित्रको विवाद चरम उत्कर्षमा पुगेको वेला विवाद मिलाउन राष्ट्रपति विद्यादेवि भण्डारीले सक्रियता बढाएकी छन् ।

राती १२ बजेसम्म अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपालसंग सम्युक्त तथा वेग्ला वेग्लै छलफल गरेकी छन् ।

वैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भन्दै संसद अवेशन आह्वान गरे पछि ओलीले सत्ता बचाउन सक्रियता बढाएका छन् भने माधव नेपाल ओलीको सरकार गिराउनस सक्रिय रुपमा लागेका छन् ।

हिजोमात्र नेता नेपाल प्रतिपक्षी काँग्रेस सभापति देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए । त्यहीबाट नेता नेपाल सितलनिवास गएको र ओली समेत सितलनिवास पुगेका थिए । नेता नेपालले आफु लगायत नेताहरुलाई कारवाही नगर्न र आत्मा आलोचना गर्नु पर्ने प्रस्तवा राखेको स्रोतको भनाई छ ।

ओलीले हिजो दिउँसो पनि राष्ट्रपतिलाई भेटेका थिए भने अघिल्लो दिन विश्वासको मत दिन भन्दै देउवा निवास पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *