ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज ‘राष्ट्रिय पत्रकारिता दिवस’, गोरखापत्र प्रकाशनको १ सय २० बर्ष पुरा

काठमाडौं वैशाख २४ । नेपाली भाषाको पहिलो समाचारपत्र ‘गोरखापत्र’ प्रकाशन सुरु भएको आज १२० वर्ष पूरा भएको छ ।  वि.सं. १९५८ वैशाख २४ गते सोमबार साप्ताहिक रूपमा ‘गोर्खापत्र’ को प्रकाशन सुरु भएको थियो ।

सुरुमा साप्ताहिक रूपमा प्रकाशित अखबार हप्तामा दुई, तीन पटक हुँदै वि.सं. २०१७ फागुन ७ गतेबाट दैनिक रूपमा प्रकाशित हुँदै आएको छ ।

वि.सं.२०३८ मा वेभ अफसेट मेसिनबाट गोरखापत्रको छपाइ सुरु भयो भने २०५९ असार १० बाट रङ्गीन कलेबरमा छापिन थाल्यो ।

२०६४ असोज १ गतेबाट ‘नयाँ नेपाल’ शीर्षकअन्तर्गत नेपालमा बोलिने राष्ट्र भाषा (मातृ) हरूको प्रकाशन सुरु गरी हाल पालैपालो ३८ वटा भाषामा समाचार सामग्री प्रकाशन हुँदै आएका छन् ।


गोरखापत्र प्रकाशन भएकै ऐतिहासिक दिन वैशाख २४ लाई स्मरण गर्दै नेपाल सरकारले २०७३ बाट ‘राष्ट्रिय पत्रकारिता दिवस’ मनाईदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *