ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज वैशाख २४ गते शुक्रबार तपाईको राशिफल

आज मिति २०७८ साल बैशाख २४ गते शुक्रबार तदनुसार सन २०२१ मे महिनाको ७ तारिख, बैशाख कृष्णपक्ष, वसन्त रितु, उत्तरायण सुर्य, पूर्वभाद्र नक्षत्र, दशमी तिथि, बैधृति योग, बालब करण, आज चन्द«मा अहिले बिहान ८ बजेर ३९ मिनेटबाट मीन राशीमा जानेछ, आज सूर्योदय बिहान ५ बजेर २२ मिनेटमा भयो भने सूर्यास्त बेलुकी ६ बजेर ४० मिनेटमा हुनेछ । विशेष कार्यहरु गर्नको लागि आजको शुभ समय बिहानको ८ बजेर ४१ मिनेटबाट १० बजेर २० मिनेटसम्म रहनेछ  भने दिउँसो १२ बजेर १ मिनेटबाट १२ बजेर २७ मिनेटसम्म रहनेछ । आजको राहूकाल बिहानको १० बजेर २१ मिनेटबाट १२ बजेसम्म रहनेछ ।

मेष राशी

दिन प्रतिकुल रहन सक्छ । शरीर कमजोर वा थकाइ लागे जस्तो लाग्ने, कष्ट पाइने हुन सक्छ, प्रत्येक कार्यमा बाधा व्यवधान आउने, अनावश्यक खर्च वा धनको दुरुपयोग गराउने, अल्छी हुन मन लाग्ने, मनमा ईष्र्याको भावना आउने, सन्तान अथवा स्त्रिप्रति क्रोध गर्न मन लाग्ने, बोलिबचन छुच्चो हुने वा अपशब्द निस्कने खालको दिन रहन सक्छ, सावधानी अपनाउनु होला,  कसै कसै लाई आफन्त तथा कुटुम्बव्दारा अनादर प्राप्त हुन सक्छ, विद्यार्थीवर्गलाई पढाइ लेखाइमा बाधा हुनेछ । लगानी लाई दिन राम्रो छैन ।

वृष राशी

दिन अनुकुल रहन सक्छ , लाभहरु मिल्ने सम्भावना देखिएको छ, आयस्रोत सम्बन्धि सुखद परिस्थिती निर्माण हुनेछ,  स्थाइ खुशी प्राप्त हुने वा ग्याजेटमा व्यस्त गराउने, मानसम्मानमा बृद्धि, गरेका कार्यमा सफलता, मित्रहरु अथवा नजीकका व्यक्तिहरुसँग समय बित्ने, प्रेम मिलनको लागि दिन राम्रो रहने, वैवाहिक सुख राम्रो हुनुको साथै स्त्रिवर्गबाट सुख पाइने योग छ ।

मिथुन राशी

दिन लाभदायक रहनेछ, कर्म गरे अनुसार फल पाइनेछ, चिताएको कुरा प्राप्त हुन सक्छ, कर्म क्षेत्रमा अरुले आदर सम्मान वा कदर गर्नेछन्, अरु प्रति उदार हुन मन लाग्नेछ, कसैसँग आत्मिय भलाकुसारी हुने अथवा मित्रताको विशेष भावना पलाउनेछ, स्वास्थयको ख्याल राख्नु होला र विश्वास गरेको  मान्छेबाट चाँही सतर्क रहनु पर्नेछ । कसै कसैलाई सोसल मिडियामा बढी व्यस्त गराउने छ ।

कर्कट राशी

सचेत रहनुपर्ने समय छ, ग्रहले आज साथ नदिन सक्छ , शाििररिक कष्ट पर्ने खालको दिन बन्न सक्छ, स्वास्थ्यमा समस्या आउने तथा रोग व्याधिले आक्रान्त पार्ने, विरक्त लाग्ने खालको वातावरण बन्न सक्छ, धर्म हानी वा धर्म कर्मबाट विमुख हुन मन लाग्ने,  अनावश्यक धन हानी, शत्रुबाट अशान्ति प्राप्त हुने, आफूले मान्नु पर्ने मान्छेहरुले तँपाइलाइ नबुझिदिन सक्छन्, सन्तानलाइ कष्ट, भाइबैनी, मित्र वा कम उमेरको मान्छेहरुसँग कुरा  नमिल्न सक्छ, चोटपटक लाग्न सक्ने सम्भावना भएकोले सावधान आज रहनुहोला।

सिंह राशी

समय अनुकुल छैन, प्रतिकुल घटनाहरु घटन सक्छन्, मन कमजोर हुन सक्ने, र निरर्थक भयले सताउने, स्वास्थ्यमा समस्या, शारिरिक कष्ट र मानिसिक चिन्ता बढन सक्छ, कलह वा वादविवादको सम्भावना पनि छ, अनावश्यक धन खर्च, घाउ चोटपटक वा दुर्घटनाको योग रहेकोले सावधानी अपनाउनुहोला, खराब संगत वा खराब व्यक्तिहरुको कारणले समस्यामा पर्न सकिने छ, विविध क्षतिको सम्भावना भएकोले सावधान रहनु पर्नेछ।

कन्या राशी

दिन शुभ रहने छ । सुख शान्ति मिल्ने, धनलाभ हुने  चिताएको कुरा प्राप्त हुने सम्भावना छ, बढी आराम गरिने, परिकारजन्य भोजन, वस्त्र अथवा सवारी सुख मिल्ने, विपरित लिगंप्रति प्रेम हुने अथवा उनीहरुसँग रमाइलो च्याटिगंमा समय बित्ने, दाम्पत्य सम्बन्ध सुमधुर रहने, मित्र, भाइ बैनि अथवा आफूभन्दा कम उमेरको मानिसहरुकोे सहयोग पाइने वा लाभ लिन सक्नु हुनेछ, व्यापार व्यवसायमा छोटै समय भएपनि लाभको स्थिति बन्नेछ , कसै कसैलाई  पूजा पाठ गर्न तिर मन लाग्ने, धर्मकर्म अथवा अध्यात्ममा रुचि बढने छ ।

तुला राशी

दिन सुखमय हुनेछ । आँटेको चिताएको कुरा पुरा हुने,  कामहरु बन्ने, विविध समस्याहरुबाट मुक्त भइने, शत्रुहरुको बाधा हटने,  स्वास्थ्य उत्तम रहने, आर्थिक लाभ सम्बन्धि केही कुरा हुन सक्ने, आफूले योजना बनाए अनुसार भेटघाट, भलाकुसारी वा सोसल मिडीया मार्फत कुराकानी हुनसक्छ, पारिवारिक तथा दाम्पत्य सुख उत्तम रहने, कार्य स्थलमा प्रशंसा प्राप्त हुने, ससाना व्यापारी, व्यवसायीहरुलाइ छोटो अवधिमा लाभ हुने दिन छ, अनलाइन व्यवसायमा पनि फाइदा को दिन रहन सक्छ । आइ टी, अनलाइन शिक्षा तथा परामर्श क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुलाई दिन उपलब्धिमूलक रहने छ । विद्यार्थीहरुको लागि समय उत्तम रहनेछ ।। लगानीको लागि दिन राम्रो छ ।

वृश्चिक राशी

दिन प्रतिकुल हुन सक्छ, आर्थिक अभावले चिन्तित बनाउन सक्छ, मानसिक खिन्नताले दिन नमिठो हुन सक्छ, आम्दानी ठप्प हुने, शोक पर्न सक्ने, दुख कष्ट पाइने, कार्यमा विध्न बाधाहरु आउने । शत्रुले दुख दिन सक्ने,  सोचेको आँटेको काम पुरा नहुने अथवा बिना कारण अलमलिनु पर्ने हुन सक्छ, स्वास्थ्यसम्बन्धि समस्यालाई बेवास्ता गर्नाले गाह्रो पार्न सक्छ, सन्तानलाई कष्ट पीडा हुन सक्छ, कसै कसैलाइ आज पारिवारिक  असमझदारी बढने अथवा  सामाजिक रुपमा छवि बिग्रन सक्ने भएकोले सावधान रहनु होला, विद्यार्थीहरुको एकाग्रतामा कमी आउने र पढाइ लेखाइ बिग्रन सक्ने योग छ ।

धनु राशी

आफ्नै कारणले समस्या सिर्जना हुन सक्ने भएकोले सावधान रहनु होला । आज दिन अनुकुल बनाउन प्रयास गर्नुपर्नेछ, मानसिक तनाव बढन सक्ने, धनको हानी,  कार्यमा असफलता, कुनै कुराले मनमा डर लागिरहने, सबैलाई अविश्वास गर्न मन लाग्ने अवस्थाको सम्भावना छ, बन्धुबान्धवहरुलाई पीडा, कुटुम्बलाइ हानी हुने अथवा उनीहरुको कारणले तनाव बढन सक्छ, स्वास्थ्यमा वा रोजगारी को क्षेत्रमा समस्या देखापर्न सक्छ, व्यवसायमा बिध्न बाधाको सामना गर्नुपर्नेछ । लगानीलाइ दिन अशुभ छ,

मकर राशी

दिन सुखमय रहने छ । लाभ मिल्ने, आँटेको काममा विजय प्राप्ति, गरेका कार्यले सफल भइ सुख र आनन्द प्राप्त हुने, मिठो खानपान, भोग विलास तथा शारिरिक सुख मिल्ने योग छ,  मान सम्मान मा वृद्धि, शारिरिक आरोग्यता प्राप्ति, मित्रहरुबाट पाइने सुख र सहयोगले मन प्रसन्न हुने, दाम्पत्य जीवनमा सुख, साना र अनलाइन व्यापार व्यवसायको लागि दिन शुभ रहने छ, विद्यार्थीहरुको लागि समय उत्तम छ, मित्रहरुले आज सहयोग गर्नेछन्, 

कुम्भ राशी

ज्यादा परिश्रम गर्नुपर्ने खालको दिन हुन सक्छ, खर्चहरु बढने, धन हानी अथवा धन संचयमा बाधा आउने, व्यर्थको विवाद तथा आर्थिक अभावले मानसिक असन्तोष बढने, कर्म क्षेत्रमा बाधा र झंझट बेहोर्नु पर्ने । पारिवारिक व्दन्द वा कष्ट हुन सक्छ, मानहानी, अपयश अथवा व्यर्थको विवादमा आज फस्न सकिने सम्भावना रहेकोले सचेत रहनु पर्नेछ, अनेक विध्न बाधाहरुले सताउन सक्छ, व्यापारी तथा व्यवसायी वर्गहरुलाई भने आज दिन कम लाभदायक रहन सक्छ । लगानी आज नगर्नु होला । पूजा पाठ तथा मांगलिक कार्यलाई जारी राख्नु होला ।

मीन राशी

दिन सकारात्मक उत्साहमूलक हुनेछ । परिकारजन्य भोजन र  मिठो निद्राले उर्जा प्रदान गर्नेछ । आर्थिक लाभ, स्वास्थ्य लाभ, तथा आँटेका कार्यहरु अगाडि बढने वा सफल हुने, आफूले पाउनु पर्ने पद, अधिकार वा स्थानको प्राप्ति, आवश्यक घरायसी सामानहरु खरीद गरिने, सन्तान, पत्नि अथवा  मित्रहरुसँग सौहार्द वार्तालाप हुने, रमाइलो जमघट हुने वा सोसल मिडिया मा व्यस्त हुने योग छ, खुद्रा व्यापार तथा अनलाइन व्यवसायमा फाइदा हुनेछ ।विद्यार्थीवर्गलाई समय राम्रो छ, कसै कसैलाई सकारात्मक घटना हुने सम्भावना पनि बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *