ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ओली पछि नेपाल बुढानिलकण्ठमा, विश्वासको मत नदिन छलफल

काठमाडौं वैशाख २३ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहिबार देउवा निवास बुढानिलकण्ठमा  छलफल भएको छ ।

आफू निकट केही नेतासहित देउवा निवासमा पुगेका नेता नेपाल र सभापति देउवा विच करिव एक घण्टा छलफल भएको थियो ।

ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिन लागेपछि त्यसलाई विफल पार्न नेता नेपाल बुढानिलकण्ठ पुगेका थिए । भेटमा  सैद्धान्तिक छलफल काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।

हिजोमात्र प्रधानमन्त्री केपी ओली विश्वासको मत दिन आग्रह गर्दै देउवा निवास पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *