ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

वैशाख २७ का लागि रणनीति बनाउन शनिवार कांग्रेस संसदीय दलको बैठक बस्ने

काठमाडौं वैशाख २३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शनिवारका लागि संसदीय दलको बैठक आह्वान गरेको छ ।

प्रधानमन्त्री केपी ओलीले संसदमा विश्वासको मत लिने भन्दैं वैशाख २७ गते एक बजेलाई  संसद अधिवेशन आह्वान गरेपछि कांग्रेसले थप रणनीति तय गर्न वैठक बोलाईएको प्रमुख सचेतक बालकृष्ण खाडले जानकारी दिए ।

शनिवार दिउँसो दुई बजेका लागि कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको हो । कांग्रेसले यसअघि नै ओलीको प्रस्ताव विरुध मतदान गर्ने निर्यण गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *