ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

दैनिक नयाँ रेकर्ड राख्दै संक्रमित र मृत्युदर

काठमाडौं,वैशाख २३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित रुपमा सार्वजनिक गर्दै आएको तथ्यांकले पछिल्लो समय दैनिक नयाँ नयाँ रेकर्ड बनाउदै आएको छ ।

मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालाहरुबाट पिसिआर र एन्टिजेन २१ हजार १सय ४२ नमुना परिक्षण गर्दा देशभर ९ हजार ७० जनामा संक्रमण पुष्टि भएको छ ।
कोरोनाका कारण आज मात्रै ५४ जनाले ज्यान गुमाएका छन् । भने २ हजार ७ सय ७ जना संक्रमणमुक्त भएका छन् ।हालसम्म निको हुने प्रतिशत ७९ दशमलव ४ रहेको छ ।

देशभर संक्रीय संक्रमित संख्या ७२ हजार ५ सय ६१ जना रहेका छन् भने क्वारेन्टिनमा ३ सय १४ जना रहेका छन् । देशभर आसियुमा उपचारत ६ सय ५२ जना र भेन्टिलेटरमा २ सय १ जना रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *