ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अस्ताए नेपाली क्षेत्रका एक तारा प्रेमध्वज प्रधान

काठमाडौं २३, बैशाख । नेपाली गीत संगीतका निकै चर्चित र लोकप्रिय गायक तथा संगीट्टकार प्रेम ध्वज प्रधानको निधन भएको छ । कोरोनाको आशंका लागेपछि प्रधानको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।

काठमाडौं न्यूरो तथा जनरल अस्पतालमा छातिको समस्या देखिएर भर्ना भएर उपचार गराएका प्रधानको विहिवार निधन भएको हो नेपाली गीत संगीतमा दिएको योगदानको चर्चानै गर्न थालियो भने पनि कम हुन्छ उनको । वि.सं १९९४ साल असार कृष्णपक्षका दिन सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका उनको घरमा साङ्गितिक माहोल थियो ।

प्रेमध्वज प्रधानको पुर्खाले समेत शास्त्रीय सङ्गीतमा गहिरो रुचि राख्दथे, घरमा दिनहुँजस्तो साङ्गीतिक कार्यक्रमहरू भइरहन्थ्यो । घरमै भएको सांगीतिक प्रभावका कारण संगीत क्षेत्रमा रूची राख्न थालेका प्रधानले । नेपाली सांगितिक क्षेत्रमा २०२० सालपछि हालसम्म ७ सय धेरै गीतमा आवाज दिएर विशिष्ठ पहिचान बनाउन सफल मानिन्छन् । प्रधान ८३ वर्ष पुगिसकेका छन ।

यसपालीको असारमा उनि ८४ वर्षमा प्रवेश गर्दै थिए । तर कोरोनाको आशंका गरिएर अस्पताल गएका कोरोनाको आशंका लागेपछि कोरोना रिपोर्ट त नेगेटिभ आयो तर खबर पोजेटिभ आएन काठमाडौं न्यूरो तथा जनरल अस्पतालमा भर्ना भएर उपचार गराएका प्रधान सधैका लागी अस्ताए । आफ्नो समयका निक्कै चर्चित र स्टाईलिस गायक प्रधानका गीतहरू आज पनि निकै रुचिपूर्वक सुन्ने गरिन्छ ।

घुम्तीमा नआउ है, तिमीलाई अचेल कहाँ देखुँ, गोरेँटो यो गाउँको, पर लैजाउ फुलहरु हाँस्ने रहरहरु आँसुमा डुबे, उनको तारा मात्र होईन तिमीलाई जुन दाईजो दिईदिउँ लगायतका प्रधानका नेपालीका मन मुटुमा बस्न सफल कालजयी गीतहरु हुन् । नेपालको पहिलो व्यवसायिक चलचित्र माईतीघरमा नमान लाज यसरि गीत भारतीय गायिका उषा मङ्गेशकरसंग गाएका प्रधानले ७ सय धेरै लोकप्रिय गीतमा आफनो आवाजको दुनियाँ छोडेका छन् ।

अत्यन्त शादगी जीवन बिताईरहेका गायक प्रधान ८० वर्ष नेटोकाटदा पनि संगीतप्रतिको उनको प्रिति उत्तिकै पाईन्थ्यो । र हेर्दा उत्तिकै जाँगरिला समेत देखिन्थे भने आजावमा उस्तै सुर लय र मधुरता पाईन्थ्यो । अत्यन्त नम्र स्वभावका उनि विस्तारै बोल्ने तथा कसैको मन नदुखाउने स्वभावको भएको उनका शुभेच्छुकहरुमार्फत सुन्न पाईन्छ ।

प्रधान बिरामी भएको खबरसंगै उनका शुभचिन्तकहरुले स्वास्थ्यलाभको कामना गरिरहेका थिए । तर कामना अस्ताउन नपाउँदै प्रधान अस्ताए । तर उनका सृजना नेपाली संगीतमा मनमनमा सधै ताजा रहिरहनेछन् । हार्दिक श्रद्धासुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *