ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोनाका कारण पूर्वमन्त्री मोतिप्रसाद पहाडीको मृत्यु

काठमाडौं ,वैशाख २३ ।कोरोना संक्रमण भई भेरी अस्पताल नेपालगन्जमा उपचाररत पूर्वमन्त्री मोतीप्रसाद पहाडीको आज बिहान मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका-१० निवासी ७७ वर्षीय पूर्वमन्त्री पहाडीको उपचारकै क्रममा मृत्यु भएको अस्पताले बताएको छ ।

उनि उच्च रक्तचाप र मधुमेहबाट ग्रशीत थिए । होमआइसोलेशनमा बसेकोबेला अक्सिजनको मात्रामा कमि भएपछि बुधबार बिहान भेरी अस्पतालमा भर्ना गरिएको थियो ।दिउँसो स्वास्थ्यमा सुधार भए पनि मध्यरातमा अवस्था बिग्रँदै गएर निधन भएको अस्पतालले जनाएको छ ।

उनी डोल्पाका पुराना राजनीतिज्ञ पहाडी विसं २०५३ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा पहिले कानून राज्यमन्त्री, पछि वन तथा भूसंरक्षण र आपूर्तिमन्त्री भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *