ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

रुपन्देहीको नगरपालिकाका प्रमुख तथा उपप्रमुखले आफु सवार हुने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने

काठमाडौं,बैशाख २३। रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख तथा उपप्ररमुखले आफू सवार हुने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएका छन् ।

मेयर बासुदेव घिमिरे लु १ झ ३६० नम्बरको र उपमेयर जगेश्वरीदेवी चौधरीले ३२६ नम्बरको स्कार्पियो गाडी अब एम्बुलेन्स बन्ने भएका हुन् ।दिनप्रतिदिन नगरपालिकाभित्रै कोरोना संक्रमितको संख्या बढेपछी संक्रमितलाई उपचारको लागि अस्पताल लैजान एम्बुलेन्सको अभाव हुन थालेपछि यसरी एम्बुलेन्सको रुपमा गाडी तयार पारिने भएको हो ।

उक्त गाडीमा सिट र अक्सिजन सिलिण्डर व्यवस्थापन भइरहेको र आजदेखि नै एम्बुलेन्सको रुपमा प्रयोगमा गरिने नगरपालिका स्रोतले जानकारी दिएको छ ।

नगरपालिकाका प्रमुख तथा उपप्रमुखले नागरिकको करबाट किनिएका सवारी सरकारी गाडी चढेर हिँड्न नैतिकताले नदिएको भन्दै नागरिकहरु एम्बुलेन्स नपाएर घरमै छटपटाइरहँदा उहाँहरुकै लागी प्रयोगमा ल्याईएको बताएका छन् ।

दैनिक करिब दुई सय जनासम्म संक्रमित थपिँदै गइरहेको तिलोत्तमामा रुपन्देहीको बुटवल उपमहानगरपछि सबैभन्दा धेरै संक्रमित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *