ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोभिड १९ का कारण मृत्यु हुने चिकित्सक वा कर्मचारीका परिवारलाई एकमुष्ट पच्चीस लाख रूपैयाँ क्षतिपूर्ति

प्रदेश १  २२, बैशाख  । प्रदेश १ सरकारले कोभिड १९ का कारण मृत्यु हुने चिकित्सक वा कर्मचारीका परिवारलाई  एकमुष्ट  पच्चीस लाख रूपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा आज बसेको  मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । महामारीममा ज्यू ज्यान दाउमा राखी महामारीको पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न भएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरूको संक्रमणका कारण  मृत्यु भएमा निजको परिवारलाई एकमुष्ट २५ लाख रुपैयाँ दिने भन्दै निर्णय गरेको छ ।

यसरी खटिएका कर्मचारीलाई प्रदेश सरकारले तोकेको सरकारी तथा निजी अस्पतालमा उपचार गर्दा लागेको सम्पूर्ण खर्च, संक्रमित भइ होम आइसोलेसनमा बस्न सक्ने अवस्था नसक्ने कर्मचारीको संस्थागत वा होटल आइसोलेसनमा बस्दा लागेको सम्पूर्ण खर्च  समेत प्रदेश सरकारले व्यहोर्ने निर्णय गरेको छ ।

महामारिको समयमा मनोबल उच्च पार्न प्रदेश सरकारद्वारा सञ्चालित कोशी अस्पताल, कोभिड १९ उपचार केन्द्र विराटनगर, प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर तथा प्रदेश सरकार मातहतका सम्पूर्ण अस्पतालको कोभिड वार्डमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरूलाई सुरुको तलब स्केलको पचास प्रतिशत जोखिम भत्ता प्रदान गर्ने निर्णय समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *